images
images
  • पूर्व राजदूत तथा ब्यवसायी रुक्मशमशेर राणाको निधन

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव तथा ब्यवसायी रुक्मशमशेर राणाको निधन भएको छ । शनिबार बिहान काठमाडौंको बत्तिसपुतलिस्थित निवासमा निधन भएको उनका ज्वाइँ अनिलकेशरी शाहले जानकारी दिए । उनका अनुसार राणाको आइतबार दाहसंस्कार गरिनेछ ।

    राणाको जन्म सन १९३६ मार्च १२ मा भएको थियो । उनी नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण शमसेरका छोरा हुन् ।

    राणा भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका संस्थापक उद्यमी मध्येका एक हुन् ।

    भारतका लागि पूर्व नेपाली राजदूतसमेत रहेका राणाले राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवको जिम्मेवारी निभाउनुका साथै नेपाल ओलम्पिक कमिटीको जनरल सेक्रेटरी समेत रहेका थिए ।

    राणा सन् २००९ देखि २०११ सम्म भारतका लागि नेपाली राजदूत भएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images