काठमाडौं ।लमजुङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।
बुधबार बिहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्पको धक्का काठमाडौं, पोखरा लगायतका शहरहरूमा समेत महसुस गरिएको थियो ।
लमजुङ केन्द्रविन्दु भएर ५.८ म्याग्नेच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी आएको छैन ।
२०७२ को गोरखा भूकम्पपछि यसका परकम्प जाने क्रम अझै जारी छ। पछिल्लो पटक वैशाख १५ गते कलंकी केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको परकम्प गएको थियो।
प्रतिक्रिया दिनुहोस्