images
images
  • संसदको दोस्रो बैठक पनि १५ मिनेटका लागि स्थगित

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि वुधवार बसेको संसदको दोस्रो बैठक पनि स्थगित भएको छ ।

    एमालेको निरन्तरको अवरोधका कारण सभामुख अग्नि सापकोटाले संसद बैठक १५ मिनेटका लागि लागि स्थगित गरेका छन् ।

    सभामुख अग्नि सापकोटाले एमाले एमालेले कारवाही गरेका १४ जना सांसदलाई कारबाही गरेको निर्णयलाई प्रक्रियामा नलगेको भन्दै बैठक सुरु भएलगत्तै अवरोध गरेको थियो ।

    अवरोधपछि १५ मिनेटका लागि बैठक स्थागित गरिएको थियो । १५ मिनेटपछि बसेको दोस्रो बैठकपनि एमालेका सांसदले अवरोध गरेपछि सभामुख अग्नि सापकोटाले बैठक स्थगित गरेका हुन् ।

    एमाले सांसदले नारावाजी नरोकेपछि उनले मागमा आफ्नो ध्यानाकर्षण भएको भन्दै संसद संचालनमा सहयोग गर्न आग्रह पटकपटक गरेका थिए । उनले संविधान नियम र कानुन अनुसार चल्न आग्रह गर्दै बैठक संचालन गर्न आग्रह गरेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images