images
images
  • काठमाडौंका प्रमुख जिल्ला अधिकारीको सरुवा

    काठमाडौं – काठमाडौँका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)मा गोबिन्द रिजालको सरुवा भएको छ ।

    गृह मन्त्रालयले काठमाडौँका प्रजिअ काली प्रसाद पराजुलीलाई मन्त्रालयमा सरुवा गर्दै उनको ठाउँमा प्रशासन महाशाखा प्रमुख रिजाललाई पठाएको हो ।

    पराजुली प्रदेश जाने भएसँगै उनलाई केही समयका लागि मन्त्रालयमा राखिएको हो ।

    सल्यान, कैलाली, रौतहट, दाङ, मकवानपुरलगायत देशका ठूला तथा महत्वपूर्ण जिल्लाको कमाण्ड सम्हाली सकेका रिजाल गृह प्रशासनका अनुभवी तथा अब्बल प्रशासकका रुपमा चिनिन्छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images