images
images
  • फुटबल हेर्न एमाले अध्यक्ष ओली दशरथ रंगशालामा

    काठमाडौ – एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिता हेर्न दशरथ रंगशाला पुगेका छन् । ओली खेलाडीहरुको हौसला बढाउन रंगशाला पुगेका हुन् ।

    नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल अहिले जारी रहेको छ । खेलमा नेपालको कप्तानी किरण चेमजोङले गरेका छन् । यस खेलसँगै कप्तान किरणले नेपालको जर्सीमा सर्वाधिक धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका छन् । सन् २००८ यता उनले ७३ खेल खेलिसकेका छन् ।

    यसअघि सर्वाधिक धेरै ७२ खेल खेल्ने पूर्वकप्तान बिराज महर्जनको कीर्तिमानलाई किरणले पहिलो मैत्रिपूर्ण खेलमा बराबरी गरेका थिए । बिहीबारको उक्त खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images