images
images
  • भारतविरुद्ध खेलमा ३ खेलाडी परिवर्तन

    काठमाडौं – भारतसँगको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ ।

    आइतबार दशरथ रंगशालामा हुने खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पहिलो रोजाइमा आशिष लामा, मनिष डाँगी र सुजल श्रेष्ठलाई मौका दिएका छन् ।

    यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा पहिलो रोजाइमा खेलेका अन्जन विष्ट, सुमन अर्याल र नवयुग श्रेष्ठको ठाउँमा लामा, डाँगी र श्रेष्ठले मौका पाएका हुन् । पहिलो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको थियो ।

    पहिलो मैत्रीपूर्ण खेलबाट नवयुगको स्थानमा आशिष लामा, अन्जन बिष्टको स्थानमा मनिष डांगी र सुमन अर्यालको स्थानमा सुजल श्रेष्ठले स्थान बनाएका छन् ।

    पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १-१ को बराबरी खेलेका थिए ।

    नेपाली टिम

    गोलरक्षक : किरण चेम्जोङ

    डिफेण्डर : गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजबंशी, पुजन राजबंशी,

    मिडफिल्डर : सुजल श्रेष्ठ, तेज तामाङ, सुमन लामा, मनिष डांगी, आयुष घलान

    स्ट्राइकर : नवयुग श्रेष्ठ

    प्रतिक्रिया दिनुहोस्
    images
    images