images
images
  • ३५ जिल्लामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, अधिकांश वडामा सर्वसम्मत 

    काठमाडौं । हिजोबाट सुरु भएको नेपाली कांग्रेसको गाउँरनगर वडाअधिवेशन सम्पन्न भएको छ । ३५ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको हो ।

    आसन्न १४ औं महाधिवेशनअन्तर्गत हिजोबाट सुरु भएको गाउँरनगर अधिवेशनमा अन्य जिल्लाको अधिवेसन भने अझै हुन बाँकी रहेको छ।

    कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये ती जिल्लामा वडाअधिवेशन सम्पन्न भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

    अधिकांश वडामा सर्वसम्मत केहीमा मतदानमार्फत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। अधिवेशन भएका वडाको मत परीणाम केन्द्रमा आजसम्ममा आइपुग्ने समितिले जनाएको छ ।

    ५६ जिल्लामध्ये अधिवेशन हुन बाँकी जिल्लामा वडाअधिवेशन आजदेखि भदौ २३ गतेसम्म सम्पन्न हुने पनि समितिले जनाएको छ ।

    यसबाहेक क्रियाशील सदस्यता नामावली प्रकाशन हुन बाँकी २१ जिल्लाको नामावली भने क्रमशःप्रकाशित हुँदै जाने र यही भदौ २७ गते निर्धारित गाउँ तथा नगरपालिका अधिवेशनसम्म सबै वडाको अधिवेशन सम्पन्न हुने पार्टी कार्यालयले जनाएको छ ।

    करिब नौ लाखको संख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ तथा नगर वडा अधिवेशनका मतदाता हुन् ।

    महाधिवेशनअन्तर्गत गाउँरनगर वडा अधिवेशन हिजो गाउँरनगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनर एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकिएको छ।

    यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images