काठमाडौं – दार्चुला घटनाबारे भारतले फेरी मुख खोलेको छ । दार्चुला घटनाको बारेमा स्थलगत अध्ययन सकेर नेपालले तयार पारेको प्रतिवेदनलाई भारतले नेपालको आन्तरिक प्रतिवेदन भन्दै त्यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।
स्थलगत अध्ययन सकेर नेपालले तयार पारेको प्रतिवेदनलाई भारतले अस्वीकार गरेको हो । उनले उक्त प्रतिवेदनलाई नेपालको आन्तरिक प्रतिवेदन भन्दै त्यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।
भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरबिन्दम बाग्छीले यस घटनाका सम्बन्धमा मिडिया रिपोर्ट देखेको र आधिकारिक रुपमा आफूसँग कुनै पनि जानकारी नभएको प्रतिक्रिया दिए । उनले भारतीय सीमा सुरक्षा बलको संलग्नता छ भन्ने विषय आरोप मात्र भएको उल्लेख गरे ।
उनले भारतीय सीमा सुरक्षा बलको संलग्नता छ भन्ने विषय आरोप मात्र भएको उल्लेख गरे । महाकाली नदी पार गर्नेक्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी)का जवानले तुइन काटिदिएपछि एक जना नेपाली वेपत्ता भएका थिए ।
टुइन काटेपछि नेपाली युवा जयसिंह धामी बेपत्ता भएका थिए । आजै, एसएसवीका जवानले अपराध गरेको भन्दै जघन्य अपराधसम्बन्धी घटनाको अनुसन्धान र पीडित परिवारलाई उचित क्षतिपूर्ति भराउने गरी सरकारले भारतसँग कूटनीतिक पहल थालेको थियो ।
यसका लागि गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको छ । सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठिन छानबिन समितिले तयार पारेको प्रतिवेदनका आधारमा गृह मन्त्रालयले बिहीबार परराष्ट्रलाई पत्र पठाउँदै दोषीलाई कारबाहीको दायरामा ल्याउन र बेपत्ता रहेका धामीका परिवारलाई उचित क्षतिपूर्ति भराउने गरी भारतसँग पहल गर्न भनेको हो ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने यसबारे बोल्न चाहेनन् । ‘छानबिन प्रतिवेदनबाट प्राप्त तथ्यबारे संक्षिप्त व्यहोरा हामीले मंगलबार नै अवगत गराइसकेका छौं, यसबाहेक अरु विषयमा अहिले बोल्न म असमर्थ छु ।’ तर, स्रोतका अनुसार गृहले बुधबार दिनभर पत्रको व्यहोरा र कूटनीतिक पहलका लागि गरिने विषयबारे आन्तरिक समीक्षा, परामर्श र सम्बन्धित अधिकारीसँग छलफल गरेको थियो । त्यसपछि परराष्ट्रलाई पत्र पठाइएको स्रोतको भनाई छ ।
२०७८ साउन १५ गते भारतको पाङला गाउँ नजिकै गस्कु इलाकामा खटिएका एसएसबीका जवानले महाकालीमा टाँगिएको तुइनको लठ्ठा खुस्काउँदा दार्चुला ब्यास गाउँपालिका–२, खाङदाङ ९माल०का ३३ वर्षीय धामी उर्लदों भेलमा खसेर हराएका थिए ।
अहिलेसम्म धामीको अवस्था अज्ञात छ । घटनापछि जिल्ला प्रहरी कार्यालय दार्चुलाले खोजबिन जारी राखेपनि भारतीय प्रशासन र सुरक्षानिकायबाट अनुसन्धानमा सहयोग भएको छैन । घटनाको तेस्रो दिन साउन १७ मा गृहमन्त्री बालकृष्ण खाँणले यससम्बन्धी सत्यतथ्य पत्ता लगाउन सहसचिव गौतमको संयोजकत्वमा समिति गठन गरेका थिए ।
समितिले मंगलबार मन्त्री खाँणलाई प्रतिवेदन बुझाउँदै घटना गस्कुमा रहेका एसएसबीका जवानले तुइनको लठ्ठा खुस्काएका कारण भएको भन्दै अपराधमा संलग्नलाई भारतबाटै अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन र धामीका परिवारलाई उचित राहत तथा क्षतिपूर्ती दिलाउन कूटनीतिक पहलअघि बढाउन सुझाव दिएको थियो ।
सोही सुझावका आधारमा गृहसचिव टेकनारायण पाण्डेले सचिवस्तरीय निर्णय गरी प्रतिवेदनसहित परराष्ट्रलाई पत्र पठाएका हुन् । घटनाको महिनादिन बितिसक्दा पनि यसबारे परराष्ट्रले कुनै प्रतिक्रिया जनाएको छैन । भारतीय प्रशासन र सुरक्षा निकायले पनि एसएसबीको संलग्नता अस्वीकार गर्दै घटना ढाकछोपमा लागेका थिए । तर, नेपालबाट भएको छानबिनमा एसएसबीको संलग्नता पुष्टि भइसकेको छ ।
एसएसबीकै दोष किटानसहित प्रतिवेदन :
बुधबार (भाद्र १६) मा दार्चुलाका युवा जयसिंह धामी महाकालीमा बेपत्ता भएको घटनामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) को संलग्नता पुष्टि गरेको थियो । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित छानबिन समितिले एक महिना लगाएर तयार पारेको प्रतिवेदनले एसएसबीका सुरक्षाकर्मीले घटना गराएको किटान थियो ।
महाकाली नदी तर्दातर्दै तुइन खुस्काइदिने जघन्य अपराधमा एसएसबीका सुरक्षाकर्मी दोषी रहेको ठहरसहितको प्रतिवेदन आएपछि अब दोषीलाई कारबाही गराउने जिम्मेवारी नेपाल सरकारसामु आएको थियो । आफ्ना नागरिकमाथि भएको यो मानवताविरोधी अपराधविरुद्ध बोल्न भने नेपाल सरकारले आनाकानी गर्दै आएको छ ।
तेस्रो पटक थपिएको म्याद मंगलबार सकिएपछि पनि तीन दिन थप्ने तयारी भएको थियो । तर, सुनियोजित रूपमा ढिलाइ गरेर देशलाई अलमलमा पार्न खोजिएको भन्दै सञ्चारमाध्यमबाट आवाज उठेपछि समितिले मंगलबार नै प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदनले घटनामा भारतीय एसएसबीका सुरक्षाकर्मी संलग्न रहेको किटानी नै गरेको गृहका एक अधिकारीले बताएका थिए । ‘व्यास गाउँपालिका–२, खाङदाङ मालका जयसिंह धामी महाकाली नदी तरेर गस्कु पुग्न केही दूरी मात्र बाँकी थियो तर भारतीय एसएसबीका दुई सुरक्षाकर्मीले तुइनको लट्ठा खुस्काइदिएकै कारण उनी भेलमा खसेर बेपत्ता भएका हुन्,’ प्रतिवेदनको विषयवस्तु उद्धृत गर्दै ती अधिकारीले भने, ‘यस तथ्यलाई समेत मध्यनजर गरी घटनाको अनुसन्धान भारततर्फबाट पनि गराई संलग्नलाई कारबाही र पीडितका परिवारलाई उचित क्षतिपूर्ति दिलाउन आवश्यक कूटनीतिक पहल गर्न सुझाव दिइएको छ ।’
नेपाली नागरिकमाथि अपराध भएको स्थान भारतीय भूमि भएकाले नेपालतर्फबाट अनुसन्धान गर्न कानुनी जटिलता रहेको निष्कर्ष समितिको छ । दार्चुलाको व्यास गाउँपालिकाका विभिन्न भूभागबाट नेपालको बाटो हुँदै सदरमुकामसम्म आउन सहज मार्ग निर्माण तथा पक्की पुलरझोलुंगे पुल यथाशक्य छिटो निर्माण गर्न पनि समितिले सुझाव दिएको छ ।
महिना दिन लामो अध्ययनपछि तयार पारिएको प्रतिवेदन बुझ्दै गृहमन्त्री बालकृष्ण खाँणले प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए । ‘प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ,’ खाँणले भने, ‘प्रतिवेदन कार्यान्वयन प्रक्रिया थाल्न गृह सचिवलाई निर्देशन दिन्छु ।’ मन्त्री खाँणले निर्देशन दिँदा सचिव टेकनारायण पाण्डे पनि कार्यक्रममै थिए । यससम्बन्धी विषय समेटेर गृह सचिव पाण्डेले बुधबार परराष्ट्रमा पत्राचारको तयारी गरेका छन् । यो विषय भारतीय पक्षसँग जोडिएकाले राजनीतिक र कूटनीतिकस्तरमा कस्तो पहल हुन्छ भन्ने तथ्य महत्त्वपूर्ण हुनेछ ।
प्रतिवेदन आएकाले अब भने दोषीलाई ढाकछोप गर्न सरकारलाई पनि गाह्रो छ । यद्यपि प्रतिवेदन बुझेपछि गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अस्पष्ट भाषा प्रयोग गरिएको छ । ‘घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकाले निजहरूको संलग्नताका सम्बन्धमा अनुसन्धान गरी दोषीउपर कानुनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न सिफारिस गरेको छ,’ गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा ‘एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा’ घटना भएको भनिए पनि उनीहरूको संलग्नताबारे अनुसन्धान गर्न भनिएको मात्र उल्लेख छ ।
दार्चुला प्रशासनले गृह मन्त्रालयमा आधिकारिक जानकारी दिएपछि गृहमन्त्री बालकृष्ण खाँणले साउन १७ मा सत्यतथ्य पत्ता लगाउन सहसचिव जनार्दन गौतमको संयोजकत्वमा नेपाल प्रहरीका डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेशकुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट सम्मिलित पाँच सदस्यीय छानबिन समिति गठन गरेका थिए । समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन भनिएकामा समय अपुग भएको भन्दै साउन २५, भदौ १ र ८ मा गरी तीन पटक म्याद थपिएको थियो ।
उता भारतीय पक्षले भने निरन्तर असहयोग गर्दै आए पनि नेपाल सरकारले कूटनीतिक पहलकदमी लिएको छैन । सीमावर्ती इलाकामा अपराध रोकथाम तथा नियन्त्रण र सूचना आदानप्रदान गर्न फिल्डमा नेपालतर्फ सशस्त्र प्रहरी बल ९एपीएफ० र भारतमा सशस्त्र सीमा बल (एसएसबी) का आ–आफ्नै संयन्त्र छन् । यी निकायले कुनै विवाद अनौपचारिक छलफल वा औपचारिक बैठकबाट निरूपण गर्ने अभ्यास छ । तर, यति ठूलो घटना हुँदा पनि अनुसन्धानमा यी संयन्त्रबीच सार्थक बैठक भएको छैन ।
सुरक्षाकर्मीबाट समाधान नभएका समस्याबारे छलफल गर्न नेपालतर्फ प्रमुख जिल्ला अधिकारी र भारततर्फ डीएम (जिल्ला अधिकारी) रहेको साझा संयन्त्र हुन्छ । तर भारतीय प्रशासनले यो विषयमा बैठक र अनुसन्धान गर्नेभन्दा पनि असहयोग गर्ने र निष्क्रिय बस्ने रबैया देखाएको छ ।
तुइन खुस्काइएको स्थान मालघाटपारि भारतको पाङ्ला, गस्कु इलाकामा सब इन्स्पेक्टर (सई) को कमान्डमा एसएसबीका जवानहरू खटिन्छन् । घटना भएको दिन पनि एसएसबीका जवानहरू गस्कुमा खटिएको स्विकारोक्ति पिथौरागढका डीएम आनन्द स्वरूपले लिखित रूपमै गरेका छन् । दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले घटनाकै दिन लेखेको पत्रको जवाफमा डीएम स्वरूपले यो विषय उल्लेख गरेका छन् । जयसिंह तुइनबाट नदी पार गर्ने क्रममा गस्कु क्षेत्रमा एसएसबीका जवानहरूलाई देखेपछि आत्तिएर नदीमा खसेको दाबी उनको छ ।
घटना हुँदा पिथौरागढको डीएम आनन्द स्वरूप थिए । घटनाको ४ दिनपछि नै उनको सरुवा भएको छ । स्वरूपको ठाउँमा साउन २० देखि आशिष चौहान आएका छन् । २०७७ माघ २९ देखि डीएम रहेका आनन्द स्वरूपले महाकाली नदी तटीय क्षेत्रमा सीमा अतिक्रमण, बाटो, पुलपुलेसा नष्ट गर्ने क्रम रोक्न नेपाली पक्षले पटक–पटक पत्राचार र आग्रह गर्दा जवाफ नै फर्काएका थिएनन् । नयाँ डीएमले पनि अनुसन्धानमा सहयोग गरेका छैनन् ।
साउन २१ मा गृह मन्त्रालयबाट गएको छानबिन टोली भारतको गस्कुस्थित घटनास्थल पुगेको थियो । त्यहाँबाट मुस्किलले १ किमि माथि एसएसबीको पाङ्ला ब्यारेक छ । ब्यारेकमा भएका जवानले तुइन खुस्काएको आरोप लाग्दा पनि एसएसबीका कमान्डर महेन्द्र प्रतापले ब्यारेकबाट थप जानकारी दिएनन् । छानबिन टोली तुइन भएको ठाउँबाटै फर्किएको थियो । नेपाली पक्षले एसएसबीका जवानमाथि अनुसन्धान गर्न आग्रह गर्दा भारतीय पक्षले ‘प्रमाण दिनुस्, हामी कारबाही गर्छौं’ भन्ने जवाफ दिएको थियो । तर, नेपाली प्रत्यक्षदर्शीको भनाइलाई उनीहरूले वास्ता गरेका छैनन् । घटनापछि गस्कु र पाङ्ला क्षेत्रमा वारिपारि गर्न र स्थानीयबीच घुलमिल र आउजाउमा एसएसबीले कडाइ गरेको छ ।

दार्चुला घटना : कहिले के भयो ?
साउन १५ : जयसिंह धामी तुइनबाट महाकालीमा खसेर बेपत्ता
साउन १६ : एसएसबीले ‘तुइन काटेको’ घटनामा अनुसन्धान गर्न पिथौरागढका जिल्लाधिकारी आनन्द स्वरुपलाई दार्चुला प्रशासनको पत्र
साउन १६ : घटनाको छानबिन गरी संलग्नलाई कारबाही माग गर्दै धामीका परिवारबाट प्रशासनलाई ज्ञापनपत्र
साउन १७ : गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन
साउन १८ : गृहमन्त्री बालकृष्ण खाँणद्वारा राष्ट्रिय सभामा घटनाबारे जानकारी
साउन १९ : गृहमन्त्री बालकृष्ण खाँणद्वारा प्रतिनिधिसभामा घटनाबारे जानकारी
साउन १९ : छानबिन समिति सदरमुकाम खलंगामा
साउन २० : घटनाबारे छलफल
साउन २१ : तुइन भएको भारत तर्फको घटनास्थल गस्कुको निरीक्षण
साउन २२ : नेपाल तर्फको घटनास्थल मालाघाटको निरीक्षण
साउन २३ : बेपत्ताको खोजी गर्न घटनास्थल हुदै महाकाली नदीमा ड्रोन उडाउन अनुमति माग्दै भारत पिथौरागढ प्रशासनलाई दार्चुला प्रशासनबाट पत्र, भारतीय प्रशासनबाट नेपालको आग्रह अटेर
साउन २३ र २४ : छानबिन समिति खलंगामा बसेर घटनाको समीक्षा
साउन २४ : ड्रोनसहित प्रहरी प्रधान कार्यालयबाट गएको प्राविधिक टोली खलंगामा
२५ : छानबिन समिति बैतडी सदरमुकाम प्रस्थान
साउन २५ : छानबिन समितिको म्याद ७ दिन थप
भाद्र १६ : एसएसबीकै दोष किटानसहित प्रतिवेदन


विश्व खबर 


















