झापा। कोरोना सङ्क्रमणका कारण झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको मृत्यु भएको छ ।
नपाका लागि भारतीय दूतावासबाट प्राप्त भएको एम्बुलेन्स लिन काठमाडौँ पुगेर फर्किएपछि उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पचास वर्षीय खाम्याहाङ उपसचिवस्तरका कर्मचारी थिए ।
गत वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपछि केही दिन आफ्नै क्वार्टरमा र त्यसपछि दुई दिन नगरपालिकाले स्थापना गरेको आइसोलेशनमा बस्नेका उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि वैशाख १७ गते बिएण्डसी अस्पतालमा भर्ना गरिएको थियो ।
विर्तामोडस्थित बिएण्डसी अस्पतालको भेन्टिलेटरमा उपचाररत खाम्याहाङको सोमबार दिउँसो मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















