काठमाडौ- कार्यवाहक प्रधान सेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिको नियुक्तिपत्र प्रदान गरिएको छ । रक्षा मन्त्रालयका सचिव बेगेन्द्र शर्मा पौड्यालले बुधवार शर्मालाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् ।
मन्त्रालयमा आयोजित कार्यक्रमका बीच रक्षा सचिव श्री पौड्यालले शर्मालाई नियुक्ति पत्र हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । कार्यक्रममा नेपाली सेनाका पिएसओज, रथीवृन्द तथा रक्षा मन्त्रालयका अधिकृतहरूको सहभागिता थियो । रक्षा सचिवले कार्यवाहक प्रधान सेनापति शर्मालाई सफल कार्यकालको शुभकामना दिएका छन् ।
शर्मा अहिले कायममुकायम प्रधान सेनापतिको रुपमा कार्यरत छन्। शर्मालाई शर्मा पौड्यालले बधाई तथा सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरे। शर्मालाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रावण २६ गते नियुक्ति गरेकी थिइन्।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २६७ को उपधारा(५) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई प्रधान सेनापति पदमा नियुक्त गरेकी हुन्। प्रधान सेनापति पुर्णचन्द्र थापा अवकास हुनु १ महिनाअघि साउन २४ देखि विदामा बसेपछि सरकारले शर्मालाई कायमुकायम सेनापतिको जिम्मेवारी दिएको थियो।


विश्व खबर 


















