images
images
  • सवारी दुर्घटनामा २ जनाको मृत्यु 

    झापा । मेचीनगर नगरपालिका-६ स्थित सडकमा मे.१ ह ६२५९ नम्बरको सिटी सफारीको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-७ पालिया बस्ने ६० वर्षीय वीर बहादुर अधिकारीको सोमबार साँझ मृत्यु भएको छ ।

    ठक्करबाट गम्भीर घाइते भएका उनको आम्दा अस्पताल धुलावारीमा उपचारको क्रममा मृत्यु भएको हो । सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    धनुषा । कमला नगरपालिका-२ सरावे चोकमा हाल नम्बर नखुलेको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-४ सघरा बस्ने ४५ वर्षीया भुली देवी मुखियाको मृत्यु भएको छ ।

    दुर्घटनामा गम्भीर घाईते भएकी उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images