images
images
  • एनआरएनए जापानको निर्वाचनमा एमआईएस सिस्टमको दुरुपयोग भएको र चुनाव निष्पक्ष नभएको प्रतिवेदन सार्वजनिक

    जापान– गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको निर्वाचनमा अनलाईन भोटिङ एमआईएस सिस्टमको दुरुपयोग गरि धाँधली भएको प्रतिबेदन सार्वजनिक गरेको छ । निर्वाचन निष्पक्ष नभएको भन्दै पराजित समुहले असन्तुष्टी जनाएपछी छानबिनका लागि बनेको उच्च स्तरीय छानबिन समितिले निर्वाचनमा धाँधली भएको निष्कर्ष निकाल्दै आईतबार पत्रकार सम्मेलन गरि प्रतिबेदन सार्वजनिक गरेको हो ।

    छानबिन समितिले निर्वाचन निष्पक्ष नभएको निष्कर्ष निकाले पनि एनआरएनए जापानको निर्वाचन २०२१ ०२३ को कार्यसमितिलाई बैधानिकता दिने नदिने निर्णय गर्ने जिम्मा भने माथिल्लो निकाय अर्थात एनआरएन आईसीसीले गर्ने छानिबिन समितिले जनाएको छ । खसेका कुल भोट मध्ये ७६ प्रतिशतलाई मान्यता दिन सकिने पत्रकार सम्मेलनमा जनाएको छ । भर्चुअल पत्रकार सम्मेलनमा समितिका संयोजक तथा एनआरएनए जापानका संस्थापक अध्यक्ष समेत रहेका राजन प्रधानाङ्गले छानबिन समितिको प्रतिबेदन सार्वजनिक कार्यक्रममा बोल्दै निर्वाचनमा सबै जनाले सहभागि भएर निर्वाचन सम्पन्न भए पनि उक्त निर्वाचनमा एमआईएस सिस्टमको दुरुपयोग भएको बताउनु भयो । उहाँका अनुसार छानबिन समितिले सबै अध्ययन गरेर २९० पेजको प्रतिबेदन ल्याएका छौं त्यसमा संलगग हुनेहरुलाई कार्बाही गर्ने सम्बन्धित निकायले गर्ला वा नगर्ला त्यो विषय हाम्रो भएन ।

    एनआरएनए जापानको निर्वाचन कार्यसमितिले सपथ ग्रहण समेत गरिसकेको अवस्थामा छानबिन समितिले जारी गरेको प्रतिबेदनले कार्यसमितिको निरन्तरता वा अन्य कारबाहीको प्रक्रियाको बारेमा भने छानबिन समिति मौन रहेको देखिन्छ । यसअघि पनि एनआरएनए जापानमा भएको आर्थिक अनियमितताको बिषयमा छानबिन गर्न भनेको समितिले आर्थिक अनियमितता भएको प्रतिबेदन सार्वजनिक गरेपनि त्यसको कुनै पनि सुनुवाई तथा कार्यान्वयन नभएकोले यस्ता छानबिनको कुनै पनि औचित्य भने नहुने देखिन्छ ।

    उक्त निर्वाचनमा निर्वाचन समिति भन्दा पनि बाह्य ब्यक्तिहरुको संलग्नतामा सिस्टमको दुरुपयोग गरि भोट गरिएको जनाएको छ । जापानका मतदाताहरुको ईमेल परिवर्तन तथा मतदाताहरुको ईमेल पासपोर्टको दुरुपयोग गरि पहिले नै भोट हालिएको र सम्बन्धित ब्यक्तिले भोट लाग्दा भोट आदेखाएको छानबिन समितिले जनाएको छ । प्रतिवेदन अनुसार उक्त निर्वाचनमा एनआरएनए आईसिसीका एमआईएस सिस्टम हेर्ने ब्यक्ति, सिस्टम डेभलपर कम्पनी तथा ब्यक्ति र एनआरएनए आईसिसी एमआईएस बिभागको समेत संलग्नता हुन सक्ने भन्दै त्यस बिषयमा थप छानबिन गरि कारबाही गर्नुपर्ने छानबिन समितिको निष्कर्ष रहेको छ ।

    एनआरएनए जापानमा स्वस्थ र निष्पक्ष निर्वाचनको भावना विपरीत चुनाव सम्पन्न भएको निर्वाचन समीक्षा समितिले निष्कर्ष निकालेको छ। ६० वटा ग्रुप इमेलहरुबाट दुई हजार ९७० सदस्यहरु दर्ता भएको र त्यसमध्ये दुई हजार ९० मत खसालिएको निष्कर्ष समितिले निकालेको हो । प्रतिवेदनमा प्रत्येक ग्रुप इमेहरुबाट एक देखि ४९६ मतसम्म खसेको उल्लेख गरिएको छ । ‘यस्ता ग्रुप इमेलहरु प्रयोग गरी धेरैभन्दा धेरै सदस्यहरुको भोटिङ्ग लिंक एउटै इमेलमा प्राप्त गरी खसालिएको दुई हजार ९०४ मत स्वस्थ र निष्पक्ष निर्वाचनको भावना विपरीत भएको देखिन्छ, ’ प्रतिवेदनको निष्कर्षमा लेखिएको छ।

    एनआरएन जापानमा अनलाइनमार्फत चुनाव सम्पन्न भएपछि प्रविधिको दुरूपयोग गरिएको भन्दै विवाद भएको थियो। एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानांगको संयोजकत्वमा अमेरिका र जापानक विज्ञहरुसहित छानबिन समिति गठन भएको थियो। समितिले शुक्रबार प्रतिवेदन तयार गरेर संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई पठाइसकेको छ। सिंगल इमेलबाट दर्ता ६ हजार ४२४ सदस्यहरुबाट कुल चार हजार ८५३ मत अर्थात ७६ प्रतिशत मत खसेको प्रतिवेदनमा उल्लेख छ। ‘एमआईएस सिष्टममा अनाधिकृत रुपमा सदस्यहरुको इमेल परिवर्तन भएको सम्बन्धमा सदस्यता छानबिन तथा व्यवस्थापन समितिले गुगल फर्म मार्फत परिवर्तित इमेलहरु पनि पहिलेको जस्तै प्लस र डट प्रयोग गरी समूहगत इमेलहरुको प्रकृतिमा नै परिवर्तन भएको देखिन्छ,’ प्रतिवेदनको निष्कर्षमा लेखिएको छ।

    सदस्यहरुको इमेल परिवर्तन गर्ने पाँच जना शंकास्पद व्यक्तिहरुको पहिचान गरिएको भन्दै शंकास्पद व्यक्तिहरुलाई सम्पर्क गर्ने क्रममा अपेक्षा अनुसार सहयोग नभएकाले संलग्नताको गहिराइ यकिन गर्न नसकिएको पनि उल्लेख गरिएको छ।निष्कर्षमा भनिएको छ, ‘भारतको उडिसा राज्यबाट भोट गरिएको भन्नेबारे अनुसन्धान गर्दा ती आइपी एड्रेसहरु सबै आफ्नो पहिचान लुकाउने प्रविधिको प्रयोग गरेर मतदान गरिएको पाइयो।’ एनआरएनए जापानमा शिवप्रसाद पौडेलको नेतृत्वको नयाँ कार्यसमिति निर्वाचित भएर शपथ पनि भइसकेको छ ।

    प्रतिवेदन सार्वजनिकपछि के होला ?

    संस्थापक अध्यक्ष प्रधानांगसहितको टोलीले सोमबार भर्चुअल रुपमा पनि समितिले तयार गरेको आन्तरिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ। एक सहभागीको जिज्ञासामा संस्थापक अध्यक्ष प्रधानांगले आफूहरुले सत्यतथ्य बाहिर ल्याइदिएको तर बाँकी निर्णय अन्य निकायबाट हुनुपर्ने बताए।

    ‘म संस्थापक अध्यक्षको हैसियतले मलाई लागेको के छ भने यो निर्वाचन स्वस्थ र निष्पक्ष निर्वाचनको भावना विपरीत भएको छ’ उनले भनेका छन्, ‘हामीले यो रिपोर्ट अध्यक्ष मण्डललाई पेश गर्‍यौं । निर्वाचन वैध हुने वा अवैध हुने भन्ने निर्णय अध्यक्ष मण्डलले गर्छ।अध्यक्ष मण्डलले पनि गरेन भने आईसीसीमा जान्छ। त्यहाँबाट पनि भएन भने परराष्ट्रको एनआरएन डेस्कमा जान्छ। कही न कहीबाट रिजल्ट दिदैपर्छ।’

    https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2021/08/IT-Audit-Japan-NRN-Election-Report-Investigation-committee.pdf

    प्रतिक्रिया दिनुहोस्
    images
    images