images
images
  • मेलुङ पालिका अध्यक्ष श्रेष्ठमाथी भएको अभद्र व्यवहारप्रति गाउँपालिका राष्ट्रिय महासंघको आपती

    चरीकोट – दोलखाको मेलुङ गाउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठ माथि केही आराजक व्यक्तिहरुले गरेको हातपात तथा अभद्र व्यवाहर प्रति गाउँपालिका राष्ट्रिय महासंघ नेपालले आपती जनाएको छ ।

    गाउँपालिका राष्ट्रिय महासंघ नेपाल वागमती प्रदेश कमटीका अध्यक्ष इश्वरचन्द्र पोखरलले आज एक विज्ञप्ती जारी गर्दै गाउँपालिका अध्यक्ष माथि गरेको दुव्र्यवहारको निन्दा तथा भत्र्सना गरेको छ ।

    वर्षको समयमा लगातार वर्षाका कारण राष्ट्रिय राजमार्ग तथा साहयक राजमार्ग समेत आवगमन वन्द हुने गरेको समयमा पालिका भित्रका कतिपय नयाँ कच्चि सडकहरु पहिरोका कारण अवरुद्ध रहेको बहानामा सडकको अवस्थालाई देखावटी निहूँमात्र बनाएर नियोजित रुपमा जनप्रतिनिधी माथी हातपात तथा दुव्र्यवाहर गर्ने व्यक्तिलाई कानुनी कारवाही गर्नका लागि सम्वन्धीत निकयलाई गाउँपालिका राष्ट्रिय महासंघले जोडदार माग गरेको छ ।

    निरन्तर नागरिको सेवामा खटिरहेका जनप्रतिनिधीहरुलाई निर्वादरुपमा नागरिकको सेवामा रहने वातावरण वनाई शान्ती सुरक्षा कायम गर्न सम्वन्धी नियम समक्ष माग गरेको छ । नागरिको सेवामा खटिरहेका जनप्रतिनिधीलाई वर्षको समयमा हिलो सडकको वहाना बनाई हातपात तथा दुव्यावहार हुनु दुखद विषय रहेको र त्यस्ता व्यक्तिलाई तत्काल कानुन वमोजिम कारवाही गरिनु पर्ने गाउँपालिका राष्ट्रिय महासंघ वागमती प्रदेशका अध्यक्ष इश्वर चन्द्र पोखरेलले बताए ।

     

    Bigyepti Gaaupalika

    प्रतिक्रिया दिनुहोस्
    images
    images