images
images
  • निर्वाचन आयोगद्वारा २२ भदौसम्म दल छनोट गर्ने समयसीमा (विज्ञप्तिसहित)

    काठमाडौं- निर्वाचन आयोगले एमाले र जसपाबाट निर्वाचित भएका जनप्रतिनिधिलाई २२ भदौसम्मको समयसीमा निर्धारण गरेको छ । आइतबार आयोगले विज्ञप्ति निकाल्दै हालै गठित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीमा जान चाहनेलाई २२ भदौ साँझ ५ बजेसम्मको समयसीमा तोकेको हो ।

    नवगठित एकीकृत समाजवादी र लोसपामा जान चाहने प्रतिनिधिसभा सदस्य, प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलाई राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशअनुसार आयोगले समय निर्धारण गरेको हो ।

     

    aayog 1

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images