images
images
  • विश्वमा आज : मार्टिन लुथरको ऐतिहासिक भाषणदेखि चार्ल्स र डायनाको सम्बन्धविच्छेदसम्म

    आज २८ अगस्ट । आजको तिथिमा संसारमा महत्वपूर्ण घटना भएका थिए । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण घटनाः

    डा. मार्टिन लुथरको ऐतिहासिक भाषण

    २८ अगस्ट सन् १९६३ मा अमेरिकी नागरिक अधिकार आन्दोलनका अगुवा डा मार्टिन लथर किङले एउटा एतिहासिक भाषण गरेका थिए । मानवअधिकार र राजधनीतिक अधिकार समूहले वासिंगटनमा आयोजना गरेको र्‍यालीमा लिंकन स्मारक अगाडि उनले ऐतिहासिक भाषण गरेका थिए । अफ्रिकी मुलका अमेरिकीलाई रोजगारी र समानताको माग गर्दै भेला भएका २ लाख मानिसअगाडि उनले भाषण गरेका थिए । उनको ड्रिम स्पिच अमेरिकी नागरिक अधिकार आन्दोलनको प्रतिबिम्ब बनेको थियो । उनको भाषणलाई इतिहासमा अहिलेसम्मकै सम्मानित भाषण मानिन्छ ।

    अश्वेत किशोरको हत्या

    अमेरिकाकी एक श्वेत युवतीसँग प्रेम गरेको आरोपमा सन् १९५५ को २८ अगस्टमा गोराहरुले १४ वर्षका अश्वेत किशोर इमेटटिलको निर्मम हत्या गरेको थियो । अमेरिकामा गोराहरुले अश्वेतमाथि चरम विभेद गरिरहेकै बेला सो बिभत्स हमला भएको थियो । शिकागोका टिल हत्या हुनु एक दिनअगाडि मिसीसिपी पुगेका थिए । अपहरणपछि हत्या गरिएका उनको शव नदीमा फालिएको थियो ।

    टोयटा मोर्टस स्थापना

    आजकै दिन सन् १९३७ को २८ अगस्टमा टोयटा मोटर कर्पोरेशन स्थापना भएको थियो । सुरुमा कर्पोरेशनको नेतृत्व टोयटाका संस्थापक सकिची तोयोदाका छोरा किचिरो तोयदाले गरेका थिए । जापानको बहुराष्ट्रिय निर्माता टोयटा मोटर कर्पोरेशनको प्रधानकार्यलय जापानको टोकियोमा छ । कर्पोरेशनले बर्षेनी १ करोड भन्दा गाडी उत्पादन गर्छ ।

    अमेरिकाको पहिलो साइन्स म्यागेजिन

    विज्ञानको क्षेत्रमा भएका प्रगति र अवस्थाबारे जानकारी दिने उदेश्यले सन् १८४५ को २८ अगस्टदेखि अमेरिकामा पहिलो पटक साइन्स म्यागेजिन साईन्टिफिक अमेरिकन प्रकाशन भयो । यो म्यागेजिन अहिले पनि निरन्तर प्रकाशन भइरहेको छ ।

    चार्ल्स र डायनाको सम्बन्ध विच्छेद

    बेलायतका राजकुमार चार्ल्स र राजकुमारी डायनाको सम्बन्ध विच्छेद २८ अगस्त १९९६ मा भएको थियो । राजकुमार चार्ल्स परस्त्रीसँग प्रेम सम्बन्धमा रहेको तथ्य बाहिर आएपछि दुई सन्तानकी आमा डायना अलग भइन । शाही दरवारले नै उनीहरूको सम्बन्ध विच्छेद गरायो । सम्बन्ध विच्छेदको एक वर्षपछि कार दुर्घटनामा ३६ वर्षीया राजकुमारी डायनाको निधन भयो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images