images
images
  • ब्राह्मण समुदायकोे पहिलो प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त, यस्ता छन् सेनापति शर्माका ६ चुनौती

    • images
    • १२ भाद्र २०७८

    काठमाडौं-नेपाली सेनाको इतिहासमै पहिलो पटक ब्राह्मण समुदायबाट प्रधानसेनापति बन्ने सफल भएका हुन् । शुक्रवारबाट कायममुकायम प्रधानसेनापतिको रुपमा काम गरिरहेको प्रभुराम शर्मालाई नेपाली सेनाको ४४औँ प्रधानसेनापतिमा नियुक्त गरिएको छ।
    राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई यही भदौ २४ गतेदेखि लागू हुने गरी नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गरेकी छिन् ।

    नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले रथी शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे कार्यकाल यही भदौ २४ गतेदेखि सकिँदैछ ।कायम मुकायम प्रधानसेनापति शर्माले भारतबाट राष्ट्रिय प्रतिरक्षा, संयुक्त राज्य अमेरिकाबाट आतङ्कवाद तथा सुरक्षा, थाइल्याण्ड र पाकिस्तानबाट प्रतिरक्षा एवं बङ्गलादेशबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय तालिम लिएका छन् ।
    सेनाको अपरेशनल योजना निर्माण र कार्यान्वयन गर्ने युद्धकार्य महानिर्देशक, बलाधिकृत र बलाध्यक्ष दुवैको जिम्मेवारीमा रहेर रथी शर्मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी समसामयिक समस्या तथा चुनौतीबारे पूर्ण जानकार छन् ।

    आफ्नो ३७ वर्षे लामो सैनिक सेवाका क्रममा गुल्म, गण, बाहिनी, पृतनालगायत जङ्गी अड्डास्थित सैनिक सचिव, भर्ना छनौट निर्देशक, नीति तथा योजना निर्देशक, सह–बलाध्यक्ष एवं सम्भाररथीको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेका कायम मुकायम प्रधानसेनापति शर्मालाई नेपाली सेनाको हरेक जिम्मेवारीका बारेमा नजिकबाट अनुभव र ज्ञान छ । संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनअन्तर्गत पूर्वीटिमोरमा गुल्म र कङ्गोमा गणको अन्तर्राष्ट्रिय कमाण्ड गर्ने अवसर प्राप्त गरेका शर्मा भारतमा सम्पन्न भएको नेपाल भारत द्विपक्षीय सल्लाहकार समूहको भेलामा समेत सहभागी भएका थिए ।

    बङ्गलादेशमा सैनिक सहचारीको कार्यभार उदाहरणीयरूपमा सम्हालिसकेका कारण उनको कार्यकालमा सेनाको सैनिक कूटनीतिमा उल्लेखनीय परिणाम आउने अपेक्षा गरिएको छ ।त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर र भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनैतिक शास्त्रमा एमफिल गर्नुभएका शर्माले नेपाल तथा विश्वको इतिहासलगायत राष्ट्रिय प्रतिरक्षा सम्बन्धमा गहन अध्ययन गरेका छन् ।

    नियुक्ति विज्ञप्ति 2021

     

     

    यी हुन् प्रधानसेनापति शर्माका सेनाभित्रका प्राथमिकता
    सरल स्वभाव, स्पष्ट वक्ता र ठोस निर्णय गर्ने क्षमताका लागि परिचित कायम मुकायम प्रधानसेनापति शर्माको मुख्य प्राथमिकता कोभिड–१९का कारण प्रभावित तालिमलाई पुनः सञ्चालन गरी सेनाको अपरेशनल क्षमतालाई अभिवृद्धि गर्न मुख्यतः केन्द्रित रहनु पर्नेछ ।
    भर्खरै लागू भएको सेनाको तीन जोड एक अवधारणाअनुसारको पुनःसंरचनालाई व्यवस्थित ढङ्गले कार्यान्वयनमा ल्याउनु पनि उनको प्रमुख कार्यभर रहनेछ । सङ्गठनभित्र सकल दर्जामा हौसला अभिवृद्धि र सैनिक परिवारको कल्याण कार्यपनि कायम मुकायम प्रधानसेनापति शर्माका प्राथमिकताका क्षेत्र हुन् ।

    यस्ता छन् प्रधानसेनापति प्रभुरामलाई सेनाभित्रका चुनौती
    पूर्णचन्द्र थापाको कार्यकालमा सेनाको अराजनीतिक चरित्रमाथि प्रश्न उठ्ने खाल्का गतिविधि भए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि राजनीतिक संकट आउँदा नेपाली सेनाले द्वन्द्वकालको झल्को दिने गरी बख्तरबन्द गाडी सडकमा निकाल्यो । त्यही कारण कतिपयले संकटकालको आशंका समेत गरे ।जंगीअड्डाका एक अधिकृत भन्छन्– सेनाका सबै विभाग र जिम्मेवारीबारे नजिकबाट नियालेको ज्ञान भएकाले सेनाले अनुभवी र व्यवसायिक अभिभावकत्व पाएको छ ।
    ओलीले पहिलो पटक गरेको संसद विघटनको निर्णय अघि सेनापति थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेटे, त्यसले पनि सेनाको भूमिकाप्रति प्रश्न उठायो । भलै त्यसले कुनै प्रभाव पारेको नतिजाबाट देखिएन ।

    नेपाली सेनाको कमाण्ड सम्हाल्ने तयारीमा रहेका शर्मासामू अराजनीतिक चरित्रबाट बाहिर गएको देखिने काम हुन नदिने चुनौती रहेको अधिकृतहरु बताउँछन् ।कोरोना महामारीका क्रममा औषधि खरिद प्रकरणमा हात हाल्दा पनि सेनाले विवादित हुनुपरेको छ ।जंगीअड्डाका जर्नेलहरुको असहमतिका बीच सेनापति थापाले औषधि खरिदको जिम्मा लिएका थिए । जिम्मवारीबाट पछि हट्दा ‘नागरिक नियन्त्रणबाट बाहिर’ गएको आरोप लाग्ने बताउँदै थापाले औषधि खरिद प्रक्रिया अघि बढाएका थिए । तर स्वास्थ्य सामग्री चलनचल्तीभन्दा महँगोमा खरिद भएको भन्दै प्रश्न उठेपछि सेनाले जिम्मेवारीबाट बाहिरिने निर्णय गर्यो ।

    सेनालाई व्यवसायिक चरित्रबाट बाहिर जान नदिन शर्माले भूमिका खेल्नुपर्ने एक वरिष्ठ सैन्य अधिकृत बताउँछन् । ‘थापाको कार्यकाललाई नजिकबाट हेरेकाले पनि उहाँले ती गल्ती दोहोर्याउनु हुन्न भन्ने अपेक्षा छ’ ती अधिकृत भन्छन्, ‘विगतका गल्तीबाट पाठ सिक्दै सेनाको छविलाई उच्च बनाउनुपर्छ ।’

    नयाँ संविधान जारी गरेपछि भारतले लगाएको नाकाबन्दी हटाउने वेला सैन्य कूटनीतिले महत्वपूर्ण भूमिका खेलेको भनिन्छ । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरालार्ई समेटेर नयाँ नक्सा जारी गरेपछि नेपाल र भारतबीच देखिएको तिक्तता कम गर्न सैन्य कूटनीतिले भूमिका खेल्नसक्ने कतिपयले बताएका थिए । भारतले पनि भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेलाई नेपाल पठाएको थियो । तर गुप्तचर निकाय ‘रअ’का प्रमुख सामन्त गोयलले नेपाल आएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटपछि नेपाल भारत सम्बन्ध नयाँ मोडमा पुगेको विश्लेषकहरु बताउँछन् ।

    सिपाहीको पक्षमा काम गर्ने अपेक्षा

     

    sharma

     

    पुरानो गोरख पल्टनका शर्मालाई ‘सिपाही’को चरित्र भएको अधिकृतको रुपमा चित्रित गर्ने गरिन्छ । जंगीअड्डाका एक अधिकृत भन्छन्, ‘उहाँ सिपाहीसँग घुलमिल हुने र मनमा लागेको कुरा स्पष्टसँग बताउने व्यक्ति हुनुहुन्छ ।’

    पुरानो गोरख पल्टन मगर जातिको पल्टन हो । ‘मगर पल्टनमा अधिकृतहरु जवानसँगै खाने, खेल्ने र भिज्ने गर्थे’ पल्टनकै अर्का अधिकृत भन्छन्, ‘उहाँले पनि जवानसम्मको मनोविज्ञान बुझ्नुहुन्छ र उनीहरुको पक्षमा काम गर्नुहुन्छ भन्ने अपेक्षा छ ।’
    वर्तमान सेनापति पूर्णचन्द्र थापाले पनि आफ्नो कार्यकालमा जवानका पक्षमा काम गर्ने प्रयास गरेका थिए । उनले जवानको पेन्सन अवधि १६ वर्ष बनाउने निर्णय गराए । सिपाहीसँग जवानले प्रत्यक्ष संवाद गर्ने परम्परा सुरुवात गरे । शर्माले आफ्नो कार्यकालमा सिपाहीका लागि के गर्छन्, त्यो चाहिँ भविष्यले नै बताउनेछ ।

    शर्मासँग जंगीअड्डाको हरेक विभागमा बसेर काम गरेको अनुभव छ । ३७ वर्षको सैनिक सेवामा उनले गुल्म, गण, बाहिनी र पृतनामा काम गरेका छन् । जंगीअड्डमा सैनिक सचिव, भर्ना छनौट, नीति तथा योजना, सह–बलाध्यक्ष, युद्धकार्य, सम्भाररथी, बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालेका छन् ।हालका सेनापति थापासँग युद्धकार्य महानिर्देशनालयमा काम गरेको अनुभव थिएन । जंगीअड्डाका एक अधिकृत भन्छन्, ‘सबै विभाग र जिम्मेवारीबारे नजिकबाट अनुभव र ज्ञान भएकाले सेनाले अनुभवी र व्यवसायिक अभिभावकत्व पाएको छ ।’

    थापाले भारतबाट राष्ट्रिय प्रतिरक्षा, अमेरिकाबाट आतंकवाद तथा सुरक्षा, थाइल्याण्ड तथा पाकिस्तानबाट प्रतिरक्षा सम्बन्धी तालिम प्राप्त गरेका छन् । भावी सेनापति शर्मासँग बंगलादेशमा तीन वर्ष सैनिक सहचारीको रुपमा काम गरेको अुनभव छ । शर्माले संयुक्त राष्ट्र संघीय शान्ति मिसनका क्रममा पूर्वी टिमोरमा गुल्म र कंगोमा गणको अन्तर्राष्ट्रिय कमाण्ड गरेका छन् । शर्मा भारतमा भएको नेपाल भारत द्वीपक्षीय सल्लाहकार समूहको भेलामा पनि सभागी भएका छन् । बंगलादेशबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय तालिम गरेका शर्माले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर र भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनीतिक शास्त्रमा एमफिल गरेका छन् ।

    सेनालाई आधुनिकीकरण गर्ने थप चुनौती
    सेनामा प्रधानसेनापति एक्लैले चाहँदैमा सुधार सम्भव हुँदैन । अधिकृतहरुका अनुसार सेना पद्धतिले चल्ने हो, त्यसैले नेतृत्व परिवर्तनसँगै धेरै ठूलो परिवर्तनको अपेक्षा गर्न सकिँदैन । तर थापा र शर्माको कार्यकालमा सेनाको आन्तरिक जीवनमा केही भिन्नता हुने जंगीअड्डामा अपेक्षा गरिएको छ ।हालका सेनापति थापाले तीन वर्षे कार्यकालभरि आर्थिक सुशासनमा जोड दिए । सम्भवतः इतिहासमै सबैभन्दा बढी सैन्य अधिकृत थापाको कार्यकालमा कारबाहीमा परे । ‘विगतमा पनि कारबाही हुन्थे, तर थापा सा’बको पालामा धेरै हल्ला गरिए’ एक अवकाश प्राप्त उपरथी भन्छन्, ‘त्यसलाई चिर्ने चुनौति नयाँ सेनापतिसमक्ष छ ।’

    सेनालाई आधुनिक हतियार र स्रोत साधनले सुसज्जित गराउने चुनौति पनि शर्मासँग छ । थापाको कार्यकालको अन्त्यमा सेना ‘तीन जोड एक कमाण्ड’ अवधारणामा गएको छ । यसको कार्यान्वयन शर्माको नेतृत्वमा हुनेछ । ‘नयाँ संरचनामा जनशक्ति व्यवस्थापन, पल्टन दरबन्दी समायोजन, नयाँ कार्यालयहरु स्थापनाका लागि स्रोत, साधनको व्यवस्थापन लगायत पनि उहाँको चुनौति हो’ जंगीअड्डाका एक अधिकृत भन्छन् ।

    बदलिँदो राजनीतिक परिवेशमा पनि शर्मासँग थप चुनौति पनि हुने अधिकृतहरु बताउँछन् । काठमाडौं तराईरमधेश द्रुत मार्गको जिम्मेवारीमा थापाको कार्यकालमा खासै उपलब्धी भएन । यद्यपि, नीतिगत तहमा अलमलिनु पर्दा ढिलाइ भएको अधिकृतहरु दाबी गर्छन् ।
    तोकिएको अवधिमा राष्ट्रिय गौरवको द्रुत मार्ग निर्माण सम्पन्न गर्नुपर्ने चुनौति पनि शर्मासँग हुनेछ । सेनाभित्र वृत्ति विकासको पक्षलाई पनि उनले ध्यान दिनुपर्ने छ । त्यसबाहेक राष्ट्रिय चुनातिलाई सामना गर्दै प्रतिरक्षा गर्ने नियमित चुनौति त शर्मासँग छँदैछ । छुट्टै राज्य माग गर्दै आएको सीके राउत समूह शान्तिपूर्ण राजनीतिमा आएको छ । संसदीय व्यवस्था विरोधी एजेण्डा लिएर हिंसात्मक गतिविधिमा होमिएको विप्लव समूह पनि मुलधारमा आइसकेको छ । त्यसैले राष्ट्रिय सुरक्षाका केही चुनौति कम भएका छन् ।

    तत्काललाई नेपाल बाह्य शक्तिबाट चुनौति नरहेको अधिकृतहरु बताउँछन् । तर दुई ठूला छिमेकी मुलुक भारत र चीनबीच प्रतिष्पर्धा भइरहेका वेला क्षेत्रीय परिवेशमा नेपाली सेनालाई सन्तुलितरुपमा अघि बढाउनुपर्ने चुनौति चाहिँ शर्मासामू हुनेछ ।

     

    sharma 12

     

     

    प्रधानसेनापति शर्माका यस्ता छन् ६ मुख्य चुनौती
    १)सङ्गठनको पुनर्संरचना सम्पन्न गर्ने

    साउनबाट सेनाले दुई दशकदेखि कायम पृतनाको संरचनालाई अन्त्य गर्दै तीन जोर एक भनिने नदीघाँटी प्रणालीमा आधारित सङ्गठनात्मक संरचनालाई कार्यान्वयनमा ल्याएको छ। त्यस अनुसार सेनाको मुख्यालय जङ्गी अड्डाले रणनीतिक विषय मात्रै हेर्ने र नयाँ कमान्डहरूले सैनिक अपरेसनको विषय हेर्ने बताइएको छ।उक्त पुनर्संरचनाको काम सम्पन्न हुन छ वर्ष लाग्ने भनिएको छ।

    साङ्गठनिक पुनर्संरचनामा शर्मा संलग्न भएकाले त्यसको व्यवस्थित कार्यान्वयन भावी प्रधानसेनापतिको प्राथमिकतामा पर्ने नेपाली सेनाका एक उच्चपदस्थ अधिकारीले बताए। कोरोनाभाइरसको महामारीका कारण प्रभावित सामूहिक तालिमलाई निरन्तरता दिने, सुधारलाई संस्थागत गर्दै कार्यान्वयनमा लैजाने र जवानहरूको कल्याणकारी कार्यलाई प्राथमिकतामा राख्ने दृष्टिकोण शर्माबाट आउने देखिन्छ।

    महामारीले पछिल्लो दुई वर्षमा तालिमलाई नराम्रोसँग प्रभावित गरेकाले सुरक्षा मापदण्ड अपनाएर तालिमलाई सुचारु गर्नुपर्ने धारणा शर्माले राख्दै आएका छन्।सुरक्षा मामिलाकी विश्लेषक इन्द्र अधिकारी नेतृत्व परिवर्तन र पुनर्संरचनासँगै सेनाको आकारबारे पुनर्विचार हुनुपर्ने बताउँछिन्।उनले भनिन्, “अब प्रविधि र दिमागको प्रयोग गरिएन भने सङ्ख्याबाट मात्रै सुरक्षा सुनिश्चित गर्न सकिँदैन।“

    “अब सङ्गठनको आकार र संरचनाबारे सोच बनाएर योजनाबद्ध ढङ्गले अघि बढ्नुपर्छ।“

     

    sharma Thapa

     

     

    २) राष्ट्रिय सुरक्षाको सुदृढीकरण र सीमा सुरक्षा

    अवकाशप्राप्त उपरथी पूर्णबहादुर सिलवालका अनुसार राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीतिको परिधीमा बसेर चुनौतीहरूलाई विश्लेषण गर्नु जरुरी छ।राष्ट्रिय सुरक्षाको सुदृढीकरण पहिलो प्राथमिकता हुनुपर्ने भन्दै उनले देश र सेना दुवै बलियो हुने गरी आफ्नो योजना तय गर्नुपर्ने बताए।

    सीमा सुरक्षामा नेपाली सेनाले थप भूमिका खेल्न सक्ने उल्लेख गर्दै उनले भने, “शान्तिकालमा सीमा सुरक्षाको जिम्मेवारी अर्धसैनिक बलको हो। नेपालमा सशस्त्र प्रहरीले त्यो भूमिका निर्वाह गरिरहेको छ।“
    “सीमा बिन्दुमा सशस्त्र प्रहरी बलले भूमिका खेलिरहेको भए पनि समग्रमा दुवै सङ्गठनको भूमिका हुन्छ। त्यसलाई समन्वयात्मक ढङ्गले अघि बढाउनुपर्छ।“ प्रधानसेनापति थापाले नेपाल र भारतबीच खुला सिमानालाई नियमन गर्नुपर्ने धारणा राखेका थिए।

    लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभागलाई नेपालको नक्सामा समेट्ने सरकारको निर्णयसँगै नेपाल–भारत सीमा विवाद पछिल्लो समयमा जटिल मोडमा छ।थापाको कार्यकालमा सेनाले सर्भे तथा सीमा अनुगमन निर्देशनालय खडा गरेको थियो जसले सीमासम्बन्धी दस्ताबेजहरू सङ्कलन गर्ने र सीमा सुरक्षाका बारेमा जानकारी राख्ने बताइन्छ।

    ३) सैनिक कूटनीति
    मे महिनासम्मको आँकडा अनुसार हाल संयुक्त राष्ट्रसङ्घलाई सबैभन्दा बढी फौज उपलब्ध गराउने देशहरूमा बाङ्ग्लादेशपछि नेपाल रहेको छ।विभिन्न राष्ट्रसङ्घीय मिसनहरूमा ५,५७१ जना नेपाली सुरक्षाकर्मी खटिएका छन्। नेपालले राष्ट्र सङ्घको शान्ति स्थापना कार्यका लागि १०,००० सम्म फौज उपलब्ध गराउन सकिने बताउँदै आएको छ। त्यसमा सैनिक कूटनीति महत्त्वपूर्ण हुने जानकारहरू बताउँछन्।

    त्यसबाहेक पछिल्ला वर्षहरूमा नेपाली सेनासँगको सम्बन्धलाई अमेरिकी, भारत र चीनले बढी प्राथमिकतामा राख्ने गरेका बाक्लो सैनिक भ्रमणका आदानप्रदानले देखाउँछन्।पूर्वउपरथी सिलवाल भन्छन्, “नेपालको राष्ट्रिय हितलाई प्रवर्द्धन गर्ने र प्रतिरक्षा गर्ने काम नेपाली सेनाले आफ्नो समकक्षी र त्यहाँका निकायहरूसँग सम्बन्ध राखेर गर्ने हो।“

    “आफ्नो देशलाई के गर्दा फाइदा हुन्छ त्यसका लागि लबिङ गर्ने हो। मुलुकको विदेश नीतिको परिधिभित्र रहेर त्यस्तो काम गरिन्छ।नेपाली सेनाको हकमा विदेशी सेनासँग सम्बन्ध राख्ने, तालिमहरू आदानप्रदान गर्ने, भ्रमणहरूमा बोलाउने र सम्बन्ध सुधार्ने जस्ता कामले पनि हाम्रो देशलाई मद्दत पुग्छ।”

    ४) अस्थिर राजनीतिबीच स्थिरता
    दुई पटकको प्रतिनिधिसभा विघटनको प्रयासलाई सर्वोच्च अदालतले रोकिदिएपछि उत्पन्न राजनीतिक परिस्थितिमाझ सेनामा नेतृत्व हस्तान्तरण हुन लागेको हो।वर्तमान सरकारले तीन वटै तहको चुनाव सम्पन्न गराउनु पर्नेछ।

    सुरक्षा मामिला विश्लेषक अधिकारी अस्थिर राजनीतिक अवस्थाले सुरक्षा चिन्ता बढाउने बताउँछिन्।उनले भनिन्, “अन्तर्राष्ट्रिय सम्बन्ध वा सीमा सम्बन्धका विषयहरू राजनीतिक समूहका राजनीति गर्ने विषयहरू बन्दै गर्दा राष्ट्रिय सुरक्षामा अप्ठेरो पर्ने स्थिति अवश्य आउन सक्छ।“

    “विभिन्न चलखेल हुने, कमजोरीहरू देखा पर्ने र स्वार्थ समूहहरूले प्रभाव बनाउँदै र बढाउँदै जाने हुनसक्छ।”तर धर्म र सङ्घीयतालाई विभिन्न राजनीतिक पक्षले मुद्दा बनाउन थाले पनि राष्ट्रिय सुरक्षाको अन्तिम अस्त्र मानिने नेपाली सेना राजनीतिमा हाम फाल्ने सम्भावना आफूले नदेखेको उनले बताइन्।

    ५) सुशासन र पारदर्शिता
    आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै कार्यकाल आरम्भ गरेका प्रधानसेनापति थापाको कार्यकालमा आर्थिक अनियमितता र नक्कली शैक्षिक प्रमाणपत्र सहितका अनियमिततामा उच्च अधिकारी सहित कैयौँलाई कारबाही गरिएका विवरण आएका थिए।
    शान्ति सैनिक छनौटमा भनसुन हुनसक्ने अवस्था समाप्त पारेको भन्दै थापाको प्रशंसा भएको थियो। विश्लेषक अधिकारी कैयौँ त्यस्ता अनियमितता प्रमाणित भएको उल्लेख गर्दै सुशासनको हिसाबले त्यो साधारण कदम भएको बताउँछिन्। प्रधानसेनापति शर्मालेपनि त्यसलाई पछ्याए नेपाली सेनाको छवि थप सुध्रिने उनको बुझाइ छ। अधिकारी जस्ता कैयौँ विश्लेषकहरू नेपाली सेनाले आफ्नो सङ्गठनको कल्याणकारी कोषलाई प्रत्यक्ष व्यवसायका क्षेत्रमा परिचालन गर्न नहुने र सेनाले आफूलाई एउटा विशुद्ध सुरक्षा सङ्गठनको रूपमा कायम गर्नुपर्ने बताउँदै आएका छन्।

    ६) महामारी र विपद् व्यवस्थापन
    कोरोनाभाइरसको महामारीसँग जुझ्न अग्रमोर्चामा खटिने निकायमध्ये नेपाली सेना पनि पर्छ।विपद् व्यवस्थापन र राष्ट्रिय निकुञ्ज जस्ता प्राकृतिक सम्पदाको सुरक्षाको जिम्मेवारी पनि पाएको सङ्गठनको भूमिका भावी दिनमा अझ बढ्ने उपरथी सिलवाल बताउँछन्।केहि साता अघि सार्वजनिक भएको एउटा राष्ट्र सङ्घीय प्रतिवेदनले जलवायु परिवर्तन मानव जातिका लागि उच्च खतराको घण्टी रहेको उल्लेख गरेको छ। उपरथी सिलवाल विगतमा हिमतालबाट पानीको सतह घटाउने सहित विपद् व्यवस्थापनका क्षेत्रमा नेपाली सेनाको अरू निकायभन्दा बढी अनुभवी भएकाले अझ क्षमता विस्तार गरिनुपर्ने बताउँछन्।

    ब्राह्मण समुदायकोे पहिलो सेनापतिमा प्रभुराम शर्मा के हुन् ?

    prahuram sharma11

     

    शर्मा नेपाली सेनाभित्र भलादमी र मिलनसार जर्नेलका रुपमा परिचित छन् । उनको जन्म २०२० पुस २१ मा काठमाडौँमा भएको हो । शर्मा पूरानो गोरख गणबाट सैनिक अधिकृतका रुपमा सेना प्रवेश गरेका थिए । ३७ वर्ष लामो सैनिक सेवामा उनले गुल्म, गण, बाहिनी र पृतनामा काम गरेका छन् । जंगीअड्डामा सैनिक सचिव, भर्ना छनौट, नीति तथा योजना, सह–बलाध्यक्ष, युद्धकार्य, सम्भाररथी, बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालेको अनुभवले उनलाई परिपक्व बनाएको छ । त्यसैगरी, पृतनापतिका रुपमा भने उनले हेटौडमा कमाण्ड सम्हालेका थिए ।

    २० बेसिकका सैनिक अधिकृत शर्मा अमेरिकाको नियर इस्ट साउथ एसिया सेन्टर (नेसा) र एसिया प्यासिफिक सेन्टर फर सेक्युरिटी स्टडिज (एपीसीएसएस)ले संचालन गरेको विभिन्न सेमिनार र कोर्समा सहभागी भएका छन् । त्यसका साथै थाइल्याण्ड तथा पाकिस्तानबाट उनले प्रतिरक्षा सम्बन्धी तालिमसमेत हासिल गरेका छन् । उनी बंगलादेशका सैन्य सहचारी समेत थिए  ।

    उनि पुर्णचन्द्र थापा जस्ता पब्लिक फिगर त होईनन् तर उनलाइ ‘म्यान इन एक्सन’ टाईपको व्यक्तिका रुपमा मानिन्छ । उनले त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेका छन् भने भारतबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) को तालिम र अमेरिकामा पनि सैन्य शिक्षा हासिल गरेका अधिकारी हुन् । उनी सुप्रबल जनसेवाश्री पदकबाट सम्मानित भइसकेका छन् ।

    उनि आफ्ना सहकर्मीहरुसँग घुलमिल हुने र सिपाहीहरुसँग समेत सौहार्दरुपमा प्रस्तुत हुने स्वभावको रहेको एक सैनिक अधिकारीले जानकारी दिए । सरल स्वभाव भएका शर्मा वौद्धिक हिसावले पनि अब्बल मानिन्छ । शर्माले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका क्रममा पूर्वी टिमोरमा गुल्म र कंगोमा गणको अन्तर्राष्ट्रिय कमाण्ड गरेका छन् ।शर्मा भारतमा भएको नेपाल भारत द्विपक्षीय सल्लाहकार समूहको भेलामा समेत सहभागी भएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images