images
images
  • एनआरएनए सह-कोषाध्यक्षमा क्यानडाबाट अभिमन्यु बस्नेतले उम्मेदवारी दिने

    क्यानडा-गैर आवासीय नेपाली संघ (एनआरएनए) ११ औँ  विश्व सम्मलेनमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको सहकोषाध्यक्ष पदमा अभिमन्यु बस्नेतले उम्मेदवारी दिनको लागी आन्तरिक तयारीमा जुटेका छन् ।

    एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको सहकोषाध्यक्षमा आर्थिक सुशासन र पारदर्शितासहितको सवल एनआरएन निमार्ण लागी उम्मेदवारी केहिमा दिनमा घोषणा गर्ने तयारीमा लागेको उनी निकट स्रोत भन्यो । बस्नेतले सहयोगका लागि एनआरएनए अभियन्ताहरुको अन्तरिक छलफलमा जुटेका छन् ।

    एनआरएन क्यानडाको नेतृत्वमा रहेर लामो रहेर काम गरिसकेका बस्नेतलाई क्यानडाको स्थानिय सरकारले ‘रिमार्केवल सिटिजन’ले सम्मान गरेको छ । क्यानडामा अफ्यारामा परेका नेपालीहरुलाई सहयोग गर्न काम समेत सक्रिय छन् । कोरोनाको मारमा परेका नेपालीहरुलाई राहत सहयोग गरेका थिए ।गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको (२०१७–२१) मा मानार्ध आईसिसि सदस्य भएर काम गरि सकेका छन् ।

    गत ०७२ सालमा नेपालमा गएको विनाशकारी भुकम्पमा क्यानडाबाट राहतका लागी अभियान चलाएर भुकम्प पीडितलाई राहत दिएका थिए । एनआरएनएका मेघा प्रोजेक्ट (एनआरएनए भवन निमार्ण, एनआरएनए पार्क निमार्ण, लापार्कको नमुना बस्ती निमार्ण) आर्थिक र जनश्रमदान काममा समेत सक्रिय थिए । तराईमा वाढी पीडितहरुलाई राहत दिने काम सक्रिय भएर लागेका थिए ।

    बिभिन्न सामाजिक संघसंस्थामा समेत सक्रिय रहेका बस्नेत पछिल्लो समय कोरोना महामारीमा स्वास्थ्य सामाग्री नेपाल पठाउनमा सहयोग जुटाउने काममा सक्रिय भुमिका निवार्ह गरे । नेपालमा कोरोना दोस्रो भेरियन्समा अक्सिजन सिलिण्डर अभाव हुदाँ समेत क्यानडाबाट सहयोग संकलन गरेर नेपालमा पठाएका थिए ।

    पुर्वअध्यक्षहरु जिवा लामिछाने, शेष घले र भवन भट्टसंग निकट भएर काम गरेका बस्नेत पछिल्लो समय सबैको सल्लाह अनुसार नै उनले सह कोषाध्यक्षमा उम्मेदावारी दिन लागेका छन् ।

    भक्तपुर सुर्यविनायक निवासी बस्नेत डेढ दर्शकदेखी क्यान्डामा बस्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images