काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्रीसँग कुनै कुरा नभएको बताएका छन् ।
बबरमहलस्थित पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै ठाकुरले प्रधानमन्त्रीले बोलाए विचार गर्न सकिने बताए । प्रधानमन्त्रीजीसँग सामूहिक र अलग अलग भेट्या छौं । तर कुनै पनि भेटमा सरकारबारे कुरा भएको छैन, उनले भने, शेरबहादुरजीले सोध्नुहुन्छ भने यो विषयमा कुरा गर्छौं ।
ठाकुरले भर्खरै पार्टी दर्ता भएको भन्दै थपे, हामीलाई बोलाउनु हुन्छ सोध्नुहुन्छ भने हामी आफ्नो कुरा राख्छौं ।
ठाकुरले आफ्नो पार्टी सत्ता गठबन्धनमा नरहेको पनि प्रस्ट पारे । चुनावको घोषणा भएपछि भने सहकार्य गर्न सकिने उनको संकेत थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















