images
images
  • कवि पूृृर्ण वैद्य रहेनन्

    काठमाडौं- नेपाल भाषाका चर्चित आधुनिक कवि पूृृर्ण वैद्यको बिहीबार निधन भयो । भदौ २ गते अस्वस्थ भएपछि उहाँलाई ललितपुरस्थित निदान अस्पताल भर्ना गरिएको थियो । उनमा कोरोना सङ्क्रमण पनि पुष्टि भएको थियो ।

    उनको जन्म १९९७ साल जनैपूर्णिमाका दिन भक्तपुरको चोछेँ टोलमा भएको थियो । ‘सरासू’ कविता सङ्ग्रहका लागि २०२१ सालमा उहाँलाई नेपाल भाषाको पहिलो साहित्यिक पुरस्कार ‘श्रेष्ठ सिरपाः’ प्रदान गरिएको थियो । विसं २०७६ मा उहाँ न्हूजः प्रगतिशील साहित्य पुरस्कारबाट पनि पुरस्कृत भए । थुप्रै पुस्तक लेखेका उनको ‘लः लः खः’ शीर्षक कविता सङ्ग्रहको अङ्ग्रेजी भाषानुवाद भएको छ ।

    उनी वि.सं.१९९७ भाद्र जनैपूर्णिमाका दिन भक्तपुरको चोछेंमा जन्मिएका थिए । उनको पूरा नाम पूर्णबहादुर वैद्य हो । शिक्षाशास्त्र र नेपालभाषामा उच्चशिक्षा हासिल वैद्यले लामो समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका थिए । उनका नेपालभाषामा ‘सरासु’ (निष्पट्ट अँध्यारोमा पहिलो किरण) र ‘लः लः खः’(पानी पानी हो) कवितासंग्रह, ‘पाचिना’ निबन्ध संग्रह, ‘कविताया लागा’ (समालोचना) कृति प्रकाशित छन् । त्यसैगरी वैद्यले जापानी भाषाको कविता कृति ‘सुन्तारो तानिकावाया चिनाखँ मुना’ नेपालभाषामा अनुवाद गरेका छन् । वैद्यको ‘लः लः खः’ (पानी पानी हो) कवितासंग्रह नेपाली र अंग्रेजी भाषामा अनुवादसहित प्रकाशित छ ।

    ‘पूर्ण वैद्य सिंगो नेपालभाषाको कविता विधामा आधुनिक कविताका प्रवर्तक हुनुहुन्छ,’ भाषा अभियन्ता मल्ल के सुन्दरले भने, ‘उहाँको योगदान कविता र निबन्ध विधामा रहेको छ ।’ कवि वैद्य नेपालभाषाको सर्वोच्च सम्मान ‘श्रेष्ठ सिरपा’, अस्विकृत विचार पुरस्रकार लगायत सम्मान गरिएका थिए भने नेपाल प्रज्ञा प्रतिष्ठानले गत असार ३० गते ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार’ प्रदान गरेको थियो ।

    कवि वैद्य अनामनगरमा श्रीमती निरा वैद्यका साथ बस्दै आएका थिए । दम्पतीको कुनै सन्तान नरहेको जनाइएको छ । सेनाले ‘कोभिड–१९’ को मापदण्डअनुसार पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने जनाइएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images