काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक अहिले चाक्सीबारीमा बसिरहेको छ ।
कांग्रेस नेता प्रकाश मान सिंहको घरमा बैठक बसिरहेको जनाइएको छ । पौडेल निकट एक नेताका अनुसार बैठकमा पौडेल, सिंह, शंशाक कोइराला, मिनेन्द्र रिजाल लगायतका नेताहरु सहभागी भएका छन् ।
बैठकले आफ्नो गुटबाट मन्त्री हुनेहरुको नामलाई अन्तिम रुप दिने र बैठक लगत्तै पौडेलले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटी ती नाम बुझाउने बताइएको छ ।
बैठकमा आगामी महाधिवेशनको सुनिश्चित गर्न पनि देउवालाई दवाब दिने विषयमा छलफल भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















