images
images
  • काबुल विमानस्थलबाहिर आक्रमण गर्ने ‘आईएसआईएस-के’ कस्तो समूह हो ?

    काबुल – काबुल विमानस्थलमा बिहीवार भएको आक्रमणको जिम्मा आईएसआईएस के समूहले लिएको छ।कम्तीमा ९० जनाको मृत्यु र सयौँ अरू घाइते भएको उक्त आक्रमण गराउने समूह जसको पूरा नाम इस्लामिक स्टेट खोरासन प्रोभिन्स अफगानिस्तान र पाकिस्तानमा सक्रिय चर्चित आईएस समूहको क्षेत्रीय सहयोगी हो।

    अफगानिस्तानमा रहेका विद्रोही समूहमध्ये यो सबैभन्दा अतिवादी र हिंसात्मक समूह हो।इराक र सिरियामा आईएस सबैभन्दा शक्तिशाली रहेको बेला सन् २०१५ को ज्यानुअरीमा खडा गरिएको हो।आईएसलाई त्यसयता अमेरिकी नेतृत्वको फौजले हराइसकेको भए पनि आईएसआईएस-के भने अफगान र पाकिस्तानी लडाकुहरूलाई सामेल गरेर शक्तिशाली बनिरहेको छ। यसका धेरै सदस्यहरू तालिबानका पूर्वलडाकुहरू छन्।

    कति अतिवादी ?
    आईएसआईएस-केलाई कन्या विद्यालय, अस्पताल र प्रसूति वार्डमा गरिएका हिंसात्मक आक्रमणका लागि जिम्मेवार मानिएको छ। एउटा आक्रमणमा उनीहरूले गर्भवती महिला र नर्सहरूको समेत हत्या गरेका थिए।तालिबानले अफगानिस्तानलाई मात्रै आफ्नो क्षेत्र मान्छ भने आईएसआईएस-के भने आईएसको सहयोगी भएका कारण पश्चिमा र अन्तर्राष्ट्रिय जहाँ सकिन्छ त्यहाँ आक्रमण गर्न गरी तयार पारिएको छ।

    कहाँ छन्?
    आईएसआईएस-के अफगानिस्तानको पूर्वी प्रान्तमा छन् जहाँ पाकिस्तानमा लागुऔषध र मानव तस्करी हुने बाटो रहेको छ।कुनै बेला यसका ३,००० लडाकु रहेका भए पनि अमेरिकी र अफगान फौजसँग द्वन्द्व एवं तालिबानसँगको द्वन्द्वमा धेरै लडाकु मारिएको मानिन्छ।

    तालिबानसँग कस्तो सम्बन्ध छ ?

    अर्कै समूह हक्कानी सञ्जालमार्फत् तालिबानसँग आईएसआईएस-केको सम्बन्ध छ।अध्ययनकर्ताहरू आईएसआईएस-के र हक्कानी सञ्जालबीच गहिरो सम्बन्ध छ। हक्कानी सञ्जालको तालिबानसँग गहिरो सम्बन्ध छ।

    वर्षौँदेखि अफगानिस्तानमा विद्रोही समूहको अध्ययन गरिरहेका डा. सज्जन गोहेल भन्छन्, “सन् २०१९ देखि २०२१ सम्ममा धेरै आक्रमणहरू आईएसआईएस-के, तालिबानको हक्कानी सञ्जाल र पाकिस्तानमा रहेका अन्य आतङ्ककारी समूहहरूबीचको सहकार्य हुन्।”

    तालिबानले अगस्ट १५ मा काबुल नियन्त्रणमा लिएपछि पुल-ई-चार्की जेलबाट ठूलो सङ्ख्यामा कैदीहरू रिहा गरेको थियो जसमा आईएस र अलकायदा विद्रोहीहरू थिए।ती कैदीहरू अहिले फरार छन्। तर आईएसआईएस-केले तालिबानलाई कतारको विलासी होटलमा शान्ति सम्झौता गर्न जिहाद र युद्धभूमि बीचमै छोडेको आरोप लगाउँछ।

    अब बन्ने तालिबान सरकारका लागि आईएसका लडाकुहरू सबैभन्दा ठूलो सुरक्षा चुनौती हुने बताइएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images