images
images
  • फुटपछिको एमाले बैठक : कति औं भन्नेमा मौन

    काठमाडौं- औपचारिक रूपमा विभाजन भएको भोलिपल्ट बसेको एमालेको केन्द्रीय कमिटी बैठक कति औं बैठक हो भन्ने विषयमा मौन बसेकोे छ । तत्कालीन नेकपा माओवादी केन्द्रसँग ३ जेठ २०७५ मा भएको एकता अनुमोदन गर्न एमालेको नवौं केन्द्रीय कमिटी बैठक बसेको थियो ।

    सर्वोच्च अदालतले गत २८ असारमा एकीकृत भएर बनेको नेकपालाई आधिकारिकता दिन इन्कार गर्दै एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काएपछि एमालेले १०औं केन्द्रीय कमिटी बैठक डाकेको थियो । असन्तुष्ट बनेका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल समूहबिनै एमालेले यसअघि १८ असारमा १३औं केन्द्रीय कमिटी बैठक बसेको थियो ।

    असन्तुष्ट भनिएका उपाध्यक्ष वामदेव गौतमसमेत सहभागी सो बैठकलाई १०औं बैठक मान्ने सहमति भए पनि बैठकको ब्यानरमा १३औं उल्लेख थियो । ओली पक्षधर नेताहरूले नेपाल समूहका नेतासँग ३ जेठको अवस्थाबाट बैठक डाक्ने सहमति गरेका थिए । सो सहमतिअनुसार १०औं बैठक हुनुपर्ने थियो । तर एमालेले त्यो बैठकलाई १३औं भनेको थियो ।

    अनेकौं विवादपछि माधव नेपालले नेकपा ९एकीकृत समाजवादी० गठन गरे । नेपालसँग एकता वार्ताका क्रममा १० बुँदे सहमति भयो । तर सो सहमतिलाई नेपालले मानेनन् । नेपाल समूहको तर्फवाट वार्तामा सहभागी नेता भीम रावललगायतका नेताहरू र ओलीबीच १० बुँदे कार्यान्वयन गर्ने र ३ जेठको अवस्थाबाट पार्टीलाई अघि बढाउने सहमति भयो ।

    सोही सहमतिअनुसार विगतमा नेपाल पक्षमा खुलेका नौजना स्थायी कमिटी सदस्य हिजोको स्थायी कमिटी बैठकमा सहभागी भए । १० बुँदे सहमतिअनुसार स्थायी कमिटी बैठकले गरेका निर्णय अनुमोदन गर्न आज बसेको केन्द्रीय कमिटी बैठक १०औं हुनुपर्ने हो ।

    तर तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकको ब्यानरमा भने केन्द्रीय कमिटीको कति औं बैठक भनेर केही खुलाइएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images