images
images
  • नेपाल समूहको केन्द्रीय कार्यालय बानेश्वरमा, संसद् भवन नजिकको घरको कुरा भए पनि टुंगिन बाँकी

    काठमाडौं- नेकपा एमालेबाट विभाजित भई माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले बानेश्वर क्षेत्र आसपासमा नै केन्द्रीय कार्यालय सञ्चालन गर्ने भएको छ ।

    निर्वाचन आयोगलाई बुझाएको विवरणमा नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहने भनिए पनि अझै घर भने माधव समूहले फेला भने पारिसकेको छैन । यद्यपि, खोजीकार्य भने तीव्ररुपमा जारी राखेको छ ।

    एमालेबाट विद्रोह गरेको पार्टीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र ९संघीय संसद् भवन० आसपासमा केन्द्रीय कार्यालय स्थापना गरी एक घरधनीसँग कुराकानी भइरहेको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

    ‘संसद् भवनको आसपासमा एउटा ४–५ रोपनी क्षेत्रफलको घर फेला परेको छ, त्यहीँ घरमा पार्टी कार्यालय स्थापना गर्ने भनेर छलफल चलिरहेको छऽ तर अझै कुरो भने टुंगिएको छैन’ नेपालका स्वकिय सचिव मोहन गौतमले न्युज कारखानासँग भने, ‘त्यही घरलाई हेरेर केन्द्रीय कार्यालय बानेश्वर उल्लेख गरेर आयोगलाई बुझाएका हौं ।’

    एमालेबाट विभाजित भएपछि पार्टीको सम्पत्तिमा स्वामित्व नहुने देखिएपछि नेपाल समूहले अलग्गै पार्टी कार्यालय स्थापना गर्नका लागि घरजग्गा खोजिरहेको हो, जसको प्रमुख जिम्मा सांसद प्रेम आलेलाई दिएको बुझिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images