images
images
  • नारायणगढ–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

    चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ ।

    तुइनखोला क्षेत्रमा पहिरो पन्छाउने तथा रोकथामको काम गर्न अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सवारी आवागमन बन्द गरिने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

    सडक बन्द हुँदा काठमाडौं र पश्चिम नेपाल आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित हुने भएकाले यात्रा गर्नुअघि समय व्यवस्थापन गर्न प्रशासनले आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images