images
images
  • प्रधानमन्त्री बालेन्द्र शाह चिनियाँ नयाँ वर्षअघि नै चीन जाँदै

    काठमाडाैं । भर्खरै भारत भ्रमण सकेर फर्किएका प्रधानमन्त्री बालेन्द्र शाहको सम्भावित चीन भ्रमणको तयारीका लागि काठमाडौं र बेइजिङबीच कूटनीतिक छलफल सुरु भएको छ । आगामी फेब्रुअरी ६ मा पर्ने चिनियाँ नयाँ वर्षअघि नै यो भ्रमण सम्पन्न हुने सम्भावना रहेको छ ।

    परराष्ट्र मन्त्रालयका अधिकारी तथा मन्त्रीहरूका अनुसार बेइजिङले उपयुक्त मिति प्रस्ताव गरेमा भ्रमण जनवरी महिनाभित्रै पनि हुनसक्छ ।

    प्रधानमन्त्रीको भारत भ्रमणअघि लामो समय चीनमा रहेर फर्किएका चिनियाँ राजदूत चाङ माओमिङले नेपालका अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृतबहादुर राईलगायत उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका छन् । ती भेटवार्ताहरूमा राजदूत माओमिङले भ्रमणको निश्चित मिति तोकेर प्रस्ताव नगरे तापनि बेइजिङ प्रधानमन्त्री शाहलाई सकेसम्म चाँडो स्वागत गर्न तयार रहेको सन्देश दिएका छन् ।

    हालै सम्पन्न भारत भ्रमण सफल भएको सरकारी बुझाइपछि प्रधानमन्त्री शाह स्वयं पनि चीन भ्रमणका लागि उत्सुक छन् । नेपाल सरकारले चिनियाँ पक्षलाई उपयुक्त मिति पहिचान गरी प्रस्ताव गर्न आग्रह गरेको छ र बेइजिङबाट आधिकारिक मिति प्राप्त हुनासाथ निर्णय गरेर भ्रमणको अन्तिम तयारी अघि बढाइनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images