images
images
  • ओलीको प्रस्टोक्ति,’एमालेमा म निर्विकल्प होइन’

    काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले आफू एमालेमा निर्विकल्प नरहेको बताएका छन् ।

    बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले कुनै पनि क्षेत्र र वस्तु निर्विकल्प नरहने भन्दै आफू पनि निर्विकल्प नभएको बताए ।

    तर, आगामी महाधिवेशनसम्म एमाले अध्यक्षको रुपमा आफू नै रहने उनले बताए । ओलीले महाधिवेशनपछि फेरि पनि आफू नै नेतृत्वमा आउन सक्ने संकेत गरे । अध्यक्षमा दाबी गर्नेहरू पार्टी छाडेर गएको उनको भनाइ थियो । अहिलेको अवस्था हेर्दा एमालेमा ओलीको विकल्प भने देखिन्न ।

    पार्टी एकता जोगाउने प्रयास असफल भएको भन्दै उनले भने अहिले प्रतिपक्षी दलमा एमालेको विकल्प नरहेको र आउँदो चुनावपछि फेरि एमाले सत्तापक्ष हुने दाबी गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images