images
images
  • सनाखत गर्न महन्थ ठाकुर समूह पनि निर्वाचन आयोगमा

    काठमाडौं- महन्थ ठाकुर समूहका नेताहरु पनि दल दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोगमा पुगेका छन् ।

    जसपाको आधिकारिकता उपेन्द्र यादव समूहले पाएपछि महन्थ ठाकुर समूहले लोकतान्त्रिक समाजवादी पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

    दल दर्ता प्रक्रियाका लागि बुधबार आयोगले सनाखत गर्न ठाकुर समूहका नेताहरुलाई बोलाएको हो । सोही कारण अहिले प्रस्तावित लोसपाका नेताहरु सनाखत गर्न आयोगको कार्यालयमा पुगेका छन् ।

    यसैबीच एमालेबाट अलग्गिएर माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि आयोगमा निवेदन दिएका छन् । उनीहरु पनि अहिले सनाखतका लागि आयोगमा पुगेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images