images
images
  • प्रदीप नेपाल पनि एकीकृत समाजवादीमा

    काठमाडौं- एमालेबाट अलग्गिएर माधवकुमार नेपाल समूहका नेताहरु नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि बुधबार सनाखत गर्न निर्वाचन आयोगमा पुगेका छन् ।

    सनाखतका लागि प्रदीप नेपाल पनि पुगेका छन् । प्रदीप नेपालले पनि माधवकुमार नेपाललाई साथ दिएका छन् ।

    एमाले पार्टी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका झलनाख खनाल, माधवकुमार नेपाल, प्रदीप नेपालसहितका शीर्षनेताहरु एकीकृत समाजवादी दल गठनमा लागेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images