images
images
  • चाक्सीबारीमा नयाँ रणनीति बनाउँदै पौडेल समूह

    काठमाडौं- नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बसिरहेको छ । प्रकाशमान सिंह निवास चाक्सीबारीमा पौडेल समूहको बैठक जारी छ ।

    आगामी मंसिर ११–१३ गतेसम्म हुन लागेको पार्टीको १४औँ महाधिवेशनका लागि रणनीति बनाउन पौडल समूहको बैठक बसेको हो ।

    बैठकमा नेता पौडेलसहित, प्रकाशमान सिंह, डा. शशांक कोइराला, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा.मिनेन्द्र रिजाल, डा. शेखर कोइराला, दिलेन्द्रप्रसाद बडुसहितका नेताहरु सहभागी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images