images
images
  • कांग्रेस मुख्यालयमा जिल्ला सभापतिहरुको रिले अनशन

    काठमाडौं- क्रियाशील सदस्यहरुको सूची सार्वजनिक गर्न माग गर्दै कांग्रेस नेता रामचन्द्र पाैडेल पक्षीय जिल्ला सभापतिहरुको आन्दोलन बुधबार पनि जारी छ ।

    सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिँदै आएका उनीहरुले आजबाट रिले अनशन सुरु गरेका छन् ।

    क्रियाशील सदस्यहरुको सूची सार्वजनिक नगरिएसम्म रिले अनशन जारी राख्ने कांग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्यले न्युज कारखानालाई बताए ।

    पाैडेल पक्षीय जिल्ला सभापतिहरुले मंगलबार पार्टी कार्यालयमा धर्ना दिएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images