images
images
  • सनाखतका लागि माधव नेपालका नेतालाई निर्वाचन आयोगले समय तोकेरै बोलायो

    काठमाडौं- निर्वाचन आयोगले प्रस्तावित नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि सनाखत गर्न नेताहरुलाई समय तोकेर बोलाएको छ ।

    एमालेबाट अलग्गिएर माधवकुमार नेपालले एकीकृत समाजवादी दल दर्ताका लागि आयोगमा दिएको निवेदनउपर कारबाही प्रक्रिया अघि बढाइएको हो ।

    आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले एकीकृत समाजवादी दल दर्ताका लागि नेताहरुको सनाखत गर्न बुधबार बिहान साढे ११ देखि दिउँसो २ बजेसम्म कार्यालयमा उपस्थित हुन समय तोकेको न्युज कारखानालाई जानकारी दिए ।

    एकीकृत समाजवादी पार्टीका नेताहरु अहिले चन्द्रागिरीमा भेलामा छन् । बेलुकासम्म नेताहरु फर्कने तयारीमा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images