images
images
  • क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्न माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिहरूको धर्ना

    काठमाडौं-  क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्न माग गर्दै कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जिल्ला सभापतिहरूले धर्ना दिएका छन् ।

    कांग्रेस नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूले मंगलबार बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालयको मुख्यगेटमा धर्ना दिएका हुन् ।

    कांग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामाले नेपाली कांग्रेसको १४ औं महाधिवेशन तयारीका क्रममा क्रियाशील सदस्यता वितरण र नवीकरणमा विवादित क्रियाकलाप भएको पाएकाले क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्न माग गर्दै केन्द्रीय कार्यालयमा धर्ना दिइएको बताए ।

    कांग्रेसको क्रियाशील सदस्यता छानबिन कार्यदलले सोमबार राति पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images