images
images
  • नेकपा (एकीकृत समाजवादी)का पदाधिकारीको टुंगो राष्ट्रिय सम्मेलनबाट

    काठमाडौं- माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले तत्काल पदाधिकारी चयन नगर्ने भएको छ ।

    चन्द्रागिरि रिसोर्टमा भएको नेपाल समूहको बैठकले राष्ट्रिय सम्मेलनबाट पदाधिकारीको टुंगो लगाउने निर्णय गरेको हो । यद्यपि पदाधिकारीको संख्या भने १७ जना राख्ने तय भएको छ ।

    दलको विधानलाई अन्तिम रुप दिएपछि मात्रै राष्ट्रिय सम्मेलन गरेर पदाधिकारी टुंगो लगाउने निर्णय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

    बैठकले पार्टी दर्ता छिटोमा बिहीवार र ढिलोमा आइतवारसम्म टुंगो लगाउने निष्कर्ष पनि निकालेको छ ।

    त्यसैगरी दर्ता भएको एक सातामा राष्ट्रिय भेला गर्ने बैठको निर्णय छ । समाजवादीले पार्टीको विधानमा बहुपदीय संरचनालाई निरन्तरता दिने उल्लेख छ ।

    बैठकमा एमालेमा ६० जना केन्द्रीय सदस्य र ३२ सांसद सहभागी भएको समाजवादीका नेताले दाबी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images