images
images
  • महिला स्वास्थ्य स्वयंसेविकाबाटै नवजात शिशुको हत्या

    बैतडी- बैतडीकी एक महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नै नवजात शिशुको हत्या गरेकी छिन् ।

    डिलाशैनी गाउँपालिका–७ ढाँडकी ३५ वर्षीया माधवी कार्कीले आफ्नै नवजात शिशुको हत्या गरेकी हुन् । अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको जन्मिनासाथ घाँटी निमोठेर हत्या गरेको प्रहरीले जनाएको छ । गाउँकै १७ वर्षीय किशोरसँग माधवीको अवैध सम्बन्ध रहेको बुझिएको छ ।

    आइतबार बिहान १० बजे घर नजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले सोही ठाउँमा केराको साप्रोले नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

    माधवीले नवजात शिशुको हत्या गरेपछि उनका ससुराले प्रहरीलाई जानकारी दिएका थिए । माधवी अहिले प्रहरीको नियन्त्रणमा रहेकी र मंगलबार अदालतबाट म्याद थपेर अनुसन्धान सुरु हुने प्रहरी निरीक्षक शाहीले बताए । कर्तव्य ज्यान मुद्दामा माधवीमाथि अनुसन्धान हुने उनको भनाइ छ ।

    माधवीका श्रीमान् वैदेशिक रोजगारमा गएका छन् । माधवीका १३ वर्षीय छोरा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images