images
images
  • प्रियंका हत्या घटनाका अभियुक्त सार्वजनिक

    सर्लाही- प्रियंका भुजेल हत्या घटनामा संलग्न भनिएका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।

    घटनामा संलग्नको आरोपमा लालबन्दी नगरपालिका–१७ का अनिष दहाल र कृष्ण साहलाई सार्वजनिक गरेको हो ।

    भुजेल ३१ साउनदेखि बेपत्ता थिइन् । प्रहरीले ती युवाहरूलाई १ भदौमा पक्राउ गरेपछि उनीहरूकै बयानका आधारमा युवतीको शव २ भदौमा सर्लाहीको लालबन्दी नगरपालिका–६ स्थित कालिन्जोर खोलाको बगरमा फेला परेको थियो ।

    प्रारम्भिक अनुसन्धान र बयानबाट प्रियंकाको हत्या ती युवाहरूले नै गरेको खुलेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रमुख एसपी संतोषसिंह राठौरले पत्रकार सम्मेलनमा जानकारी दिए ।

    पक्राउ परेकालाई सोमबार दोस्रो पटक म्याद थप गरेर अनुसन्धान भइरहेको एसपी राठौरले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images