images
images
  • विभाजन रोक्न ‘निर्णायक’  एमाले स्थायी कमिटी भोलि ११ बजे बस्ने

    काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बैठक मंगलवार ११ बजे बस्ने भएको छ ।

    एमालेका मध्यमार्गी नेतासँगको सहमतिलाई अनुमोदन गर्न अध्यक्ष केपी शर्मा ओलीले विहान ११ बजेलाई बैठक बोलाएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठक तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्नेछ ।

    वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी नेकपा एकीकृत समाजवादी खोल्नै लाग्दा एमालेमा भीम रावललगायत तटस्थ रहेका ९ जना नेतासँग अध्यक्ष ओलीले आज आफ्नै निवास बालकोटमा छलफल गरेर पार्टीलाई जेठ २ मा फर्काउन सहमत भएका थिए ।

    स्थायी कमिटीले उक्त सहमति अनुमोदन गर्ने बताइएको छ । भोलिको स्थायी कमिटीलाई एमाले विभाजनमा निर्णायक मानिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images