images
images
  • १४ सांसदमाथिको कारबाही फिर्ता लिन ओली सहमत, भोलि स्थायी कमिटी बैठक बोलाइयो

    काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी ओली माधव नेपालसहित १४ जना सांसदमाथि गरिएको कारबाही फिर्ता लिन सहमत भएका छन् ।

    ओली निवास बालकोटमा सोमबार भएको छलफलमा नेपालसहित १४ जना सांसदमाथिको कारबाही फिर्ता लिन अध्यक्ष ओली सहमत भएको नेता योगेश भट्टराईले जानकारी दिए ।

    लामो समय नेपाल समूहमा रहेका र पार्टी विभाजनको विपक्षमा रहेका भीम रावलसहितका नेताहरुसँग भएको छलफलमा ओली १४ जना सांसदमाथिको कारबाही फिर्ता लिने र पार्टी एकताको वातावरण बनाउन सहमत भएको उनको भनाइ छ । यस विषयमा छलफल गरेर निर्णय गर्न भोलि मंगलबार ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

    भोलिको स्थायी समिति बैठकमा रावलसहितका नेताहरु सहभागी हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images