images
images
  • सत्ता सञ्चालन गर्न नयाँ शासकीय ढाँचा ल्याउँदै तालिवान

    • images
    • ५ भाद्र २०७८

    काबुल-अफगानिस्तानमा सत्ता कब्जा गरेको विद्रोही समूह तालिवान नयाँ शासकीय ढाँचा निर्माणमा जुटेको छ । केही साताभित्र नयाँ सरकारको ढाँचा सार्वजनिक गरिने तालिवानले जनाएको छ ।

    ‘तालिवानले आगामी केही हप्तामा अफगानिस्तानको लागि नयाँ शासकीय ढाँचाको अनावरण गर्ने लक्ष्य राखेको छ,’ इस्लामवादी आन्दोलनका एक प्रवक्ताले शनिबार रोयटर्ससँग भने ।

    तालिवानका कानूनी, धार्मिक र विदेश नीति विशेषज्ञहरुले आगामी केही सातामा नयाँ शासकीय ढाँचा प्रस्तुत गर्ने लक्ष्य लिएको ति प्रवक्ताको भनाइ छ ।

    अमेरिकी सेना फिर्ता भएसँगै अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेको छ । बहालवाला राष्ट्रपति अशरफ घानी देश छोडेर युएईको शरणमा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images