images
images
  • एमाले केन्द्रीय सदस्यहरु जसले अन्तिम घडीमा नेपालको साथ छाडे (सूचीसहित)

    • images
    • ३ भाद्र २०७८

    काठमाडौं । माधवकुमार नेपालले बुधवार पार्टी विभाजन गर्दा स्थायी कमिटीका अधिकांश नेतासहित ३७ जना केन्द्रीय सदस्यहरुले साथ छाडेका छन् ।

    फागुन २३ गते सर्वोच्च अदालतबाट नेकपा एमाले ब्युँतिदा ८९ जना केन्द्रीय सदस्यको साथ पाएका नेपालले दल दर्ताका लागि निवेदन दिएको एमाले समाजवादीको ९५ सदस्यीय केन्द्रीय समितिमा साबिक एमालेका ५८ जना केन्द्रीय सदस्य समेटिएका छन् ।

    यसबीचमा पशुपति चौलागाईंको निधन र गणेश पहाडी, बिष्णु रिजाल तथा सोम मिश्रले माधव गुट छाडेपछि पनि उनीसँग ८६ जना केन्द्रीय सदस्य थिए । पार्टी विभाजनको बेला आइपुग्दा नेपालसँग रहेका दोस्रो र तेस्रो पुस्ताका प्रभावशाली नेताहरु रहेनन् । पार्टीभित्रको अन्तरसंघर्षमा माधव नेपालका मुख्य भरोसा बन्दै आएका देशब्यापी प्रभाव भएका नेताहरु विभाजनमा सरिक भएनन्
    ।

    उनीहरु अझै पनि एमाले एकताको पक्षमा क्रियाशील हुने बताइरहेका छन् । तर दल नै अर्को बनिसकेपछि उनीहरुको एकता अभियान अन्योलमा पुगेको छ । अब दश बुँदे सहमति अनुसार एमालेमा सक्रिय हुने कि माधव नेपालको पार्टीमा लाग्ने ? अब नेपालको पार्टी विभाजनमा साथ नदिएका नेताहरुसँग दुई विकल्पमात्र छन् ।

    यी हुन् माधव नेपालको साथ छाड्ने केन्द्रिय सदस्यहरु :

    १) युवराज ज्ञवाली
    २) अष्टलक्ष्मी शाक्य
    ३) भीम रावल
    ४) घनश्याम भुसाल
    ८) भीम आचार्य
    ६)गोकर्ण विष्ट
    ७) योगेश भट्टराई
    ८) सुरेन्द्र पाण्डे
    ९) अमृत बोहोरा
    १०) अरुण नेपाल
    ११) प्रदिप नेपाल
    १२) परशुराम मेघी
    १३) रघुजी पन्त
    १४) श्रीमाया थकाली
    १५) जीवन घिमिरे
    १६) टंक काकी
    १७) ठाकुर गैरे
    १८) ममता गिरी
    १९) यज्ञराज सुनुवार
    २०) सिता गिरी ओली
    २१) सोमप्रसाद पाण्डे
    २२) झपट रावल
    २३) कमलजंग राई दनुवार
    २४) गणेश पहाडी
    २५) धर्मराज निरौला
    २६) प्रकाश शाह
    २७) माधव अर्याल
    २८) रचना खड्का
    २९) राजन राई
    ३०) राजवहादुर बुढा
    ३१) सुरेन्द्र मानन्धर
    ३२) सोम मिश्र
    ३३) हरिबहादुर राई
    ३४) विक्रम शाही
    ३७) केदार न्यौपाने
    ३६) सोमप्रसाद पाण्डे
    ३७) भानुभक्त जोसी

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images