images
images
  • ओमानमा व्यापारिक जहाजमाथि आक्रमण: एक भारतीय नागरिकको मृत्यु, १३ जना घाइते

    काठमाडौं– ओमानको लिमाह क्षेत्र नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको छ । भारतको विदेश मन्त्रालयका अनुसार अन्य १३ जना भारतीय नागरिकको उद्धारसमेत गरिएको छ ।

    मन्त्रालयले सोमबार एमएसभी अल जुशुफी नामक मालवाहक जहाजमाथि भएको आक्रमणको निन्दा गर्दै उक्त क्षेत्रमा व्यावसायिक जहाजमाथि निरन्तर भइरहेका आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।

    मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘क्षेत्रमा व्यावसायिक जहाज तथा नागरिक पूर्वाधारलाई लक्षित गरी भइरहेका आक्रमणहरू अन्त्य हुनुपर्छ ।’

    तस्विर: हिन्दुस्तान टाइम्स

    प्रतिक्रिया दिनुहोस्
    images
    images