images
images
  • मुख्यमन्त्रीलाई एमालेको ध्यानाकर्षण

    पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई नेकपा (एमाले) प्रदेश संसदीय दलले ध्यानाकर्षणपत्र बुझाएको छ ।

    एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ र प्रमुख सचेतक मायानाथ अधिकारीसहितको टोलीले आज मुख्यमन्त्रीलाई विगतको योजनालाई निरन्तता दिन आग्रह गरेको हो ।

    सो अवसरमा मुख्यमन्त्री पोखरेलले अघिल्लो सरकारले अगाडि बढाएका मूलभूत कार्ययोजनालाई निरन्तरता दिएको जानकारी दिए ।उनले भौतिक पूर्वाधारका १५ मध्ये १० योजना अघि बढाउने प्रक्रियामा रहेको र रु ३८ अर्बको बजेट रु ३० अर्बमा खुम्चिएको जानकारी दिए ।

    भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले अघिल्लो सरकारले ल्याएका कार्यक्रम रातो किताबमा समेटिएको र केही छुटेको भए पुनः अध्ययन गरेर अघि बढ्न सकिने बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images