images
images
  • अफगानिस्तानको राजधानी काबुल पस्यो तालिवान

    एजेन्सी– सरकारबिरुद्वको निर्णायक युद्धमा होमिएको तालिवान विद्रोही राजधानी काबुल प्रवेश गरेको छ ।

    युद्ध बिस्तार गर्दै देशका विभिन्न सहर कब्जा गर्ने क्रममा तालिवान लडाकू आईतबार चारैतिरबाट राजधानी सहर काबुल प्रवेश गरेका हुन् ।

    आईतबारै लडाकूले बिना कुनै लडाई देशको पूर्वी सहर जलालबादलाई नियन्त्रणमा लिएका थिए । त्यस्तै केही दिनअघि उनीहरुले देशको ठूलो सहर कान्दहर कब्जामा लिएका थिए । तालिवानले तत्काल हिंसात्मक आक्रमण नगरि राजधानी छोड्न चाहनेलाई सुरक्षित ढंगले जान अनुमति दिएका छन् ।

    तालिवानबिरुद्धको युद्धमा खटिएको अमेरिकी सेनाको फिर्तीसँगै बिद्रोहीले विभिन्न सहरलाई कब्जा गरेको छ । तालिवानले अहिलेसम्म देशका ३४ मध्ये २३ ओटा प्रान्तीय राजधानीलाई कब्जा गरिसकेको छ । तालिवानको हिंसा चर्किएपछि राष्ट्रपति असरफ घानीमाथि राजीनामा दिन चौतर्फी दबाब बढेको छ । सरकारले गरेको सत्ता साझेधारीको प्रस्ताबलाई विद्रोहीले अस्वीकार गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images