images
images
  • भारतीय स्वतन्त्रता दिवसमा गोरखा सैनिकका परिवारलाई ४.४५ करोड प्रदान

    काठमाडौं- भारतको ७५ औं स्वतन्त्रता दिवस काठमाडौंस्थित भारतीय दूतावासमा मनाइएको छ ।

    स्वतन्त्रता दिवसलाई आजादी का अमृत महोत्सवु को रूपमा मनाइएको भारतीय दूतावासले जनाएको छ । महोत्सव १५ अगस्ट २०२३ सम्म जारी रहने छ ।

    नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले राष्ट्रिय झण्डा फहराएर उत्सवको शुरुवात गरेका थिए । उनले भारतका राष्ट्रपतिको सन्देश पढेर पनि सुनाए ।

    राष्ट्रपतिको सन्देशमा विगत ७५ वर्षहरुमा विभिन्न क्षेत्रहरुमा भएको प्रगतिलाई प्रकाश पारिएको थियो । भारतको स्वतन्त्रताको लागि आफ्नो जीवन बलिदान स्वतन्त्रता सेनानीहरुलाई श्रद्धाञ्जलि अर्पण पनि गरिएको थियो ।

    राजदूत क्वात्राले एकल महिला र भारतीय सशस्त्र बलका मृतक गोरखा सैनिकहरुका आफन्तलाई ४.४५ करोड नेरु र प्रत्येक परिवारलाई कम्बल वितरण गरी सम्मान गरे ।

    समारोहमा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका शिक्षक र विद्यार्थीहरुद्वारा देशभक्तिपूर्ण गीत र नृत्य प्रस्तुत गरिएको थियो । सो अवसरमा राजदूत क्वात्राले नेपालको सांस्कृतिक विरासत स्थलहरुको संरक्षणको लागि कला र सांस्कृतिक विरासतको लागि भारतीय राष्ट्रिय ट्रस्ट (आइएनटिएसीएच) को वेबसाइट उद्घाटन गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images