images
images
  • बद्रि र कुललाई टक्कर दिँदै रबिना थापाको अध्यक्षमा उम्मेद्वारी

    • images
    • ३० श्रावण २०७८

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को आगामी अक्टोवर तेस्रो साता हुने १० औं महाधिवेशन तथा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रचारप्रसार तिब्र हुन थालेको छ । एनआरएनएको आगामी केन्द्रिय नेतृत्वको लागी बर्तमान उपाध्यक्ष डा.बद्रि केसी र अघिल्लो निर्वाचनमा पराजित भई संघको सल्लाहकार समिति सदस्य रहेका कुल आचार्यले उमेद्वारीको घोषणा गरेका छन् ।

    त्यस्तै केसी र आचार्यले आफ्नो समूहबाट महासचिवसहितको टिम छनोटलाई अन्तिम रुप दिन लागिरहेको बेला महिला उपाध्यक्ष रबिना थापाले पनि अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेकी छन् ।

    केहि समयदेखि काठमाडौमा नै रहेर राजनीतिक दलका शिर्ष नेताहरुसँग तिब्ररुपमा भेटघाट गरिरहेका डा.केसीले बुधबार पत्रकारहरुसँगको भेटघाटमा आफ्नोे प्यानलको विषयमा राजनीतिक भन्दा बौद्धिक व्यक्तित्व समावेश हुने बताएका थिए ।
    डा.केसीले आफ्नो टीमबाट उपाध्यक्षमा खुलातर्फ एक जना उपाध्यक्षबाहेक सबैको टुंगो लगाइसकेका छन् ।

    हाल संघको संसोधित विधानअनुसार उपाध्यक्ष पदमा एक महिला र एक युवासहित ६ जना रहने व्यवस्था छ ।

    डा.केसीको प्यानलबाट वर्तमान महासचिव डा.हेमराज शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठ र प्रवक्ता डिबी क्षेत्री खुलातर्फको उपाध्यक्षमा उठ्ने सम्भावना बलियो छ । यस्तै महिला उपाध्यक्षमा साउदी अरबबाट यासिम बेगम र यूवा उपाध्यक्षमा अफ्रिकी क्षेत्रीय संयोजक रोशन थापालाई समावेश गरिएको बताइएको छ ।

    खुलातर्फ बाँकी एक जनाका लागि कतारबाट संघका वर्तमान सचिव आरके शर्मा, अफ्रिकाबाट संघका पूर्व कोषाध्यक्ष हिक्मत थापा, अमेरिकाबाट निर्वमान अध्यक्ष सुनिल साह, अष्ट्रेलियाबाट धर्मराज अधिकारी र वर्तमान उपाध्यक्ष अर्जुन श्रेष्ठको नाम चर्चामा छ ।
    डा. केसीले सहमतिका आधारमा यी मध्ये एकलार्ई उपाध्यक्षमा उठाउने सम्भावना छ । आफू निकटका अन्य व्यक्तिहरुलाई अन्य पदमा व्यवस्थापन गर्ने तयारी डा.केसीको छ ।

    कलु आचार्यको प्यानलमा उपाध्यक्षका पदका लागि वर्तमान उपाध्यक्ष सोनाम लामा, सल्लाहकार त्रिलोक गुरुङ, एसी शेर्पा, उपाध्यक्ष मन केसी लगाएतको नाम चर्चामा छ । यस्तै महिला उपाध्यक्षमा निवर्तमान सचिव जानकी गुरुङ र यूवा उपाध्यक्षमा मध्यपूर्व यूवा संयोजक राज रेग्मीलाई समावेश गरिएको छ । महासचिवमा एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष डा.केशव पौडेलको उमेद्वारी निश्चित भएको छ ।

    सचिवमा मलेसियाबाट एसिया प्याशिफिक डिआरसी खगेन्द्र न्यौपाने, मध्यपूर्व आरसी प्रविन गुरुङ, युरोप आरसी नारायण आचार्य छन् भने महिला सचिवमा भोमा लिम्बु रहेकी छन् । यस्तै यूकेबाट विनय अधिकारी र अष्ट्रलियाबाट सुरेन्द्र सिग्देलको नाम समेत चर्चामा छ । यसैगरी कोषाध्यक्षमा सोम सापकोटा र सहकोषाध्यक्षमा एशिया प्याशिफिक आरसी रोविन्द श्रेष्ठ (गोबिन्द), अफ्रिका आरसी रोशन थापा र अस्ट्रेलिया क्षेत्रिय महिला संयोजक जानकी पौडेलबीच सहमति गर्ने प्रयास भैरहेको बताइएको छ ।
    यसै गरी आचार्यको प्यानलबाट आइसिसि यूवा संयोजकमा मध्यपूर्व डिआरसि मनोज गोर्खाली र महिला संयोजकमा बिमला सापकोटाले उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।

    अर्कोतर्फ संघको केद्रिय महिला उपाध्यक्ष रविना थापाले पनि आगामी अध्यक्ष पदका लागि उमेद्वारी घोषणा गरेसँगै नेतृत्व चयनका लागि हुने महाधिवेशन थप रोचक हुने देखिएको छ । थापा अहिले नेपालमा नै आएर आफ्नो चुनावी अभियानलाईं तिव्रता दिइरहेकी छन् । थापाले अहिलेसम्म आफ्नो टीमको बिषयमा केही खुलाएकीे छैनन् । तर दुई बर्षअघिबाटै नेतृत्व लिने योजनासहित अघि बढेकी थापा अहिले चुनावी समयमा सक्रिय देखिएकी हुन् । बिश्वभर रहेका एनआएनकर्मीहरुको सुझावपछि संघको अध्यक्षमा उम्मेद्वारी दिने निर्णय लिएको थापाले बताएकी छन् । एनआरएनएमा यसपटक महिलाको नेतृत्व आवश्यक रहको र अवसर पाउँदा पुरुषभन्दा राम्रो काम गरेर देखाउने अठोटसहित नेतृत्वको दावी गरेको उनले बताइन् ।

    अन्तमा गैर आवासीय नेपाली संघ (एनआरएनए)को भावी महासचिवका लागि डा.केसी र आचार्य दुवैको प्यानलमा अमेरिकन एनआरएनले सहभागिता जनाउँदैछन् । उपाध्यक्ष केसीको प्यानलबाट हालका सचिव गौरीराज जोशी महासचिवको उम्मेद्वार बन्ने लगभग टुंगो लागेको छ भने सल्लाहकार आचार्यको प्यानलबाट डाक्टर केशव पौडेल महासचिवको उम्मेद्वार हुने टुंगो लागेको छ ।

    त्यस्तै अर्की उमेद्वार थापाले पनि आफ्नो प्यानल बनाउन काम सूरु भएको बताएकी छन् । दुवै टीममा नपरेका साझा ब्यक्तिलाई आफ्नो समुहमा राख्ने योजनामा थापा लागिपरेकी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images