काठमाडौं- प्रकाश झाले डकुमेन्ट्री मेकरको रुपमा सन् १९७५ मा डेब्यु गरे । उनको पहिलो डकुमेन्ट्री सेन्सर भएको डेट त्यहीँ हो । बिहारमा हुर्किएका झा बलिउडका राम्रा निर्देशकमा पर्छन् । उनले निर्देशन गर्ने फिल्म र त्यसमा उठाइने इस्यु उनले एक वर्गको दर्शकलाई आफ्नो फ्यान बनाएका छन् । नेपाल – भारत बोर्डर नजिक हुर्किएका झा फिल्मले भन्ने कथावस्तुलाई दर्शकले बुझ्ने भाषा मार्फत हलसम्म पुर्याउनु पर्छ भन्ने मान्यता राख्छन् । डेब्यु फिल्म ुदामुलु मार्फत नेशनल अवार्ड समेत जितिसकेका प्रकाशलाई घरमै काम गर्ने ललिता बाइले ‘अर्को पटक फिल्म बनाउनु’ भनेपछि उनले आर्टलाई कमर्सियल भ्यालुसँग मिक्स गरेको थिए ।
‘फिल्म भनेको व्यवसाय हो त्यसैले हलसम्म आउने दर्शक तपाइको कामबाट सन्तुष्ट हुनुपर्छ’ झाले एक अन्तर्वार्ताको क्रममा भने ,’हामीले कलात्मक अभिव्यक्तिको लागि फिल्म बनाउने गरेका छौ भन्छौ भने हामी झुट बोलिरहेका छौ ।’ उनले व्यसायिक फिल्म बनाउनु गलत नभएको बताए । आफैले निर्माण गरेको एक फिल्मलाई व्यावसायिक असुरक्षाका कारण हलसम्म लान नसकेको बताउदै आफ्नो सन्तुष्टिको निमित मट्टू कि साइकल र परिक्षा जस्तो सानो बजेटको फिल्म बनाउने गरेको बताए । ‘मैले सुरुवाती दिनमा बनाएका फिल्महरु दामुल , परिणति , मत्युदण्डले वाहवाही त पाए तर केहिमा लगानी उठाउन नै समस्या पर्यो’ उनले भने ,ुम जबसम्म आर्थिक रुपमा मजबुत हुदिनँ, मैले भन्न चाहेको कथालाइ फिल्मको रुप दिन सक्दिन ।’
उनले दामुलको लगानीलाई नेशनल टिभी दुरदर्शनमा गरिएको प्रिमियर मार्फत सुरक्षित गरेका थिए । बलिउडमा अमिताभ बच्चन, अजय देवगन, ओम पुरी, नाना पाटेकर, करीना कपूर खान, सैफअलि खान, रणवीर कपूर, दीपिका पादुकोण, कट्रिना कैफ, प्रियंका चोपडा, अर्जुन रामपाल जस्ता स्टारसँग काम गरिसकेका निर्देशक झाले कन्टेन नै ग्लोबल स्टार रहेको बताए । उनले स्टार कास्टलाई कसरी फिल्ममा लिने भन्नेमा भन्दा कन्टेनलाई कसरी ग्लोबल बनाउने भन्नेमा दिमाग खियाउन सुझाए । ‘हामीले ग्लोबल कन्टेन नल्याउँदासम्म ग्लोबल दर्शक पाउन सक्दैनौ, त्यसैले मेहनत स्टारमा हैन कन्टेनमा गर्नुस’ उनले सुझाव दिए ।
उनले आफ्नो फिल्मी करियरमा बढी मात्रामा राजनीतिक विषयवस्तुलाई उठान गरेका छन् । विशेषत विहारको विद्यमान समस्यालाई बलिउडको फिल्ममार्फत आम दर्शकमाँझ पुर्याएका निर्देशक झाले राजनीतिक मुद्दामा बहस गर्न फिल्म नबनाउने गरेको प्रस्ट्याए । ‘मैले फिल्म मार्फत कथा भनेको हुँ, कुनै बहस अगाडि ल्याएको हैन’ उनले भने, ’तर दर्शकलाई त्यस्तो लाग्छ भने ठिकै छ ।’ सामाजिक विषयवस्तुलाई पर्दामा ल्याउन रुचाउने निर्देशक झाले आफूलाई सदैव सरकार विपक्षीको रुपमा लिएका छन् । भारतको लोकसभा निर्वाचनमा समेत सहभागिता जनाएका झाले सिस्टम विरुद्धको केहीँ आक्रोश फिल्ममार्फत नै ल्याएको समेत घुमाउरो शैलीमा स्वीकारे ।
‘सायद, मैले नेता बनेर गर्न चाहेको केहीँ तथ्यलाई फिल्ममार्फत भनेको हुन सक्छु’ उनले एक जिज्ञासामा घुमाउरो जवाफ दिए । यद्यपि उनले सरकारको विपक्षी भएकै कारण आफू राष्ट्रिय पुरस्कारबाट बन्चित हुने गरेकोमा दुस्ख व्यक्त गरे । ‘नेशनल अवार्ड त प्रतिस्पर्धा भएको कारण पाए । तर सरकारले दिने अन्य पदवी अझै पाएको छैन, किनकी म विपक्षीको भूमिकामा हुने गरेको छु,’ उनले भने । पछिल्लो केहीँ समय फिल्मबाट टाँढिएर ओटीटी प्लेटफर्मका लागि वेब फिल्म र सिरिज बनाइरहेका झाले आउँदो समयमा ‘जनादेश’ नामक फिल्म दर्शकसामु ल्याउने समेत बताए ।
(निर्देशक झा निफमा सहभागी हुन् नेपाल आउँदा गरिएको कुराकानीमा आधारित)


विश्व खबर 


















