images
images
  • भ्रष्टाचार बढेपछि प्रदेश २ सरकारमातहतका कार्यालयहरुको छानविन गर्न समिति गठन

    • images
    • ३० श्रावण २०७८

    जनकपुरधाम- प्रदेश २ का सरकारद्वारा हुने विकास निर्माणमा व्यापक आर्थिक अनियमितताको खबर आएपछि मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले प्रदेश सरकार मातहत रहेका कार्यालयहरुको छानबिन गर्ने घोषणा गरेका छन् ।

    विभिन्न सार्वजनिक मंचमा भष्ट्राचार विरुद्ध शून्य सहनशीलता अपनाउने दावी गर्दै आएका मुख्यमन्त्री राउतले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित विभिन्न मन्त्रालय तथा त्यस मातहत रहेका कार्यालयहरुमा पनि छानबिन गर्न समिति गठन गरेका हुन् ।

    यसअघि प्रदेश सरकारले जानकी मन्दिर विद्यृतिकरणमा १२ करोडको आर्थिक अनियमितता प्रकरणमा छानबिन गर्न समिति गठन गरेको थियो ।

    मुख्यमन्त्री राउतले मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाको संयोजकत्वमा तीन सदस्य छानविन समिति गठन गरेको मुसख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । समितिको सदस्यमा प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रमुख राधेश्याम गिरी र भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव दीपक दासलाई राखिएको छ ।

    भौतिकका सचिव प्राविधिक रहेकाले उनले प्राविधिक पाटो हेर्ने, आर्थिक पाटो प्रदेश लेखा प्रमुख र कानुनी पाटो मुख्यन्यायाधिवक्ताले हेर्ने गरी समिति बनाइएको हो ।

    मुख्यमन्त्री राउतले बिहीवार जानकी मन्दिरको विद्युतीकरण छानविनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कानुन सचिवको संयोजकत्वमा भौतिक पूर्वाधारका सचिव र प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रमुख सदस्य रहनेगरी समिति गठन गरेका थिए ।

    विगतका आर्थिक वर्षमा भएका विकास निर्माणका कार्यहरुको छानविन गर्न बनाएको समितिले प्रतिवेदन तयार गरि कानुनी कारवाहीको लागि सम्बन्धित निकायमा पठाउने छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images