images
images
  • प्रम देउवाले पारस खड्कालाई भने, ‘क्रिकेट विकासमा सरकारको साथ रहने छ

    काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिकेटको विकासमा सरकारको साथ रहने बताएका छन् ।

    अन्तर्राष्ट्रिय क्रिकेट सन्यास लिएर क्रिकेटको विकासका लागि क्यानमा आउने योजनामा रहेका नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्कासँगको भेटमा प्रधानमन्त्री देउवाले सरकारको पूर्ण साथ सहयोग रहने प्रतिबद्धता जनाएका हुन् ।

    सरकारी निवास बालुवाटारमा भएको भेटमा देउवाले दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र नेपालीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा खड्कालाई धन्यवाद दिएका थिए ।

    साथै नेपाल र नेपालीको शिर उचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता हासिल गर्न सुभकामना दिँदै देउवाले भने, ‘सरकारको साथ र सहयोग सधैं रहने छ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images