images
images
  • माओबादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ सम्म

    काठमाडौं- नेकपा माओवादी केन्द्रमा आगामी पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेश भएको छ ।

    शनिबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका हुन् ।

    भदौ मसान्तभित्र पार्टी सदस्यता नवीकरण तथा वितरण अभियान चलाउने, असोज १० गते सेल र टोल भेला गर्ने, २० गते वडा सम्मेलन, ३० गते पालिका सम्मेलन गर्ने र कात्तिक ३० गते जिल्ला सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव छ ।

    यस्तै मंसिर १५ गते प्रदेश सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव रहेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

    केन्द्रीय समितिको बैठकमा प्रचण्डले नै विधान संशोधनको प्रस्ताव पनि पेश गरेका छन् र दुबै प्रस्तावमाथि छलफलका लागि केन्द्रीय सदस्यहरुलाई ८ वटा समूहमा बाँडिएको छ ।

    समूहगत रुपमा भोलि विहानसम्म छलफल हुने र निष्कर्षहरु बैठकमा पेश गर्ने नेता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images