images
images
  • पुजारी हत्या आरोपी वडाध्यक्ष नरुल्लाह धरौटीमा रिहा

    रौतहट – जिल्लाको माधवनारायण नपा खेसरहियाटोलस्थित हनुमान मन्दिरका ६५ बर्षीय पुजारी श्रीराम साहको हत्याको आरोपी देवाही गोनाही–१ का वडाध्यक्ष शेख नरुल्लाह धरौटीमा रिहा भएका छन् । जिल्ला अदालतले वडाध्यक्ष नरुल्लाहलाई २ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

    अदालतमा हाजिर भएका वडाध्यक्ष नरुल्लाह एकसाता अघि उनी घरौटीमा छुटेका हुन् । जिल्ला प्रहरी कार्यालयले फरार सूचीमा रहेका नरुल्लाह धरौटीमा छुटेको जानकारी दिएको छ । एक जना धरौटीमा, २ जना पुर्पक्षमा र ४ जना फरार छन् । नरुल्लाह छुटेपछि अदालत परिसरमै अविरमाला र गाउँमा डिजे बजाएर खुसियाली मनाइएको छ ।

    गएको भदौ ३ गते राति करिब पौने ९ बजे मन्दिर परिसरमा फुसको छाप्रो अगाडि खाना खाइरहेको पुजारीको हत्या भएको थियो । हत्या भएको डेढ सातापछि प्रहरीले हत्यामा संलग्न देवाही गोनाही–१ करुनियाका ३६ बर्षीय राम नरेश राउत पटेल र २८ वर्षीय बालकुमार पटेललाई पक्राउ गरेको थियो ।

    अनुसन्धानको क्रममा उनीहरुले पुजारीको हत्या स्विकारेको प्रहरीले उल्लेख गरेको थियो । पक्राउ परेका दुवै जनाले बयानमा वडाध्यक्ष नुरुल्लाहको नाम उल्लेख गरेका थिए । त्यस बेलाको अनुसन्धानबाट नुरुल्लाहसहित मस्ताज देवान, रामप्रवेश राउत कुर्मी, मोहम्मद कासिम र राजेन्द्र राउत कुर्मीको समेत संलग्नता खुलेको प्रहरीको दाबी छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images