images
images
  • इरानमाथि आर्थिक र सैन्य रूपमा कडा आक्रमण जारी रहेको ट्रम्पको दाबी

    काठमाडौं– राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानमाथि “आर्थिक र सैन्य” दुवै तर्फबाट निरन्तर कडा प्रहार गरिरहेको बताएका छन् ।
    उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानप्रति देखाएको पछिल्लो दूरी र यस द्वन्द्वमा “केही नगरेको” भन्दै उनको प्रशंसा समेत गरेको अलजजिराले उल्लेख गरेको छ ।

    यसैबीच इरानी विदेशमन्त्री अब्बास अराघचीले तेहरानमा आफ्ना रुसी समकक्षी सर्गेई लाभरभसँगको वार्तापछि इरान र रुसबीच इतिहासकै सबैभन्दा बलियो रणनीतिक सम्बन्ध रहेको बताएका छन् ।

    अर्कोतर्फ इरानको ‘आईआरजीसी’ का प्रवक्ता ब्रिगेडियर–जनरल हुसेन मोहेब्बीले यदि अमेरिकी आक्रमणका कारण इरानको क्षेत्रीय सुरक्षामा असर पुगेमा स्ट्रेट अफ हर्मुजमा रहेका समुद्रीमुनिका सञ्चार केबलहरूलाई निशाना बनाउने चेतावनी दिएका छन् ।

    यसैबीच यमनको शबवा प्रान्तमा भर्ती भएका नयाँ जवानहरू भेला भइरहेका बेला हुथी विद्रोहीहरुमाथि निशाना बनाएर गरिएको मिसाइल आक्रमणमा ५८ जनाको मृत्यु भएको छ ।
    प्रान्तका गभर्नरका अनुसार २०० भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको उनले बताएका छन् ।

    यस्तै गाजा क्षेत्रभरि भएका इजरायली आक्रमणहरूमा दुई बालबालिकासहित कम्तीमा पाँच जना प्यालेस्टिनीको मृत्यु भएको चिकित्सा स्रोतहरूले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images